स्काउट एण्ड गाइड विद्यार्थीलाई लिएर कार्यशाला : निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर

सञ्जय निरौला, बिजनबारी, 11 अप्रैल


विद्यार्थीहरूलाई शिक्षासँगै नैतिक रूपमा सक्षम तथा अब्बल बनाउने उद्देश्यले कैजले उच्च विद्यालयमा विद्यालय अध्यनरत लगभग ५० जना भारत स्काउट एण्ड गाइड विद्यार्थीलाई लिएर तीन दिवसीय कार्यशाला विद्यालय प्राङ्गणमा आयोजना गरियो।

तीन दिन तथा दुई रात चलेको कार्यक्रमको अन्तिम तथा समापन कार्यक्रममा विद्यालयका प्रधानअध्यापक ज्ञानचन्द लामा लागायत विद्यालय परिवारको उपस्थित थियो। विद्यार्थीहरूलाई शैक्षिक क्रियाकलापसँगै नैतिक शिक्षाको अत्यन्तै जरूरी रहेको तथा स्काउटको मुख्य उद्देश्य, विद्यार्थीको व्यक्तिगत रूपमा सक्षम बनाउँदै चरित्र निर्माण, लिडरसिपबारे ज्ञान, देशभक्ति देशप्रेम लगायत इश्वरप्रति आस्था राख्दै बासुदैव कुटुम्बकम अर्थात विश्व बन्धुत्वको भावनाबारे ज्ञान दिइएको भारत स्काउट तथा गाइड जिल्ला कमिस्नर तथा विद्यालयको शिक्षक डेबिट राइले बताए।

निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर

रेलिङ  :  दुर्गम गाउँलेहरूलाई निरोगी बनाउन साथै आयुर्वेदको महत्त्वलाई जनमानसमा पुऱ्याउने उद्देश्यले तुलसी फाउन्डेसन रेलिङको आयोजनामा स्थानीय कोअपरेटिप भवनमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरको आयोजना गरियो।

शिविरमा डाक्टरहरू स्थानीय कमल पोख्रेल तथा सिलगढीका  एम शर्माले लगभग दुईसय रोगीहरूको स्वास्थ परिक्षण गरे। रोगीहरूलाई होमियोप्याथिक औषधि पनि वितरण गरिएको थियो। लगभग दिनभर चलेको शिविरमा वरिपरिका शेर्पा गाउँ, थापा गाउँ, सेङेन्देन टार, मजुवा लामा गाउँ, लोवर रेलिङ लगायत रेलिङ उच्चतर माध्यामिक विद्यालयका रोगी विद्यार्थीहरू  आएका थिए।

शिविरमा बिजनबारी सरकारी अस्पताल तथा मानव सेवा समितिको  विशेष रूपमा सहयोग रहेको थियो। शिविरमा मधुमेह ,ग्यास्ट्रिक, उच्चरक्तचाप, गानो लगायतका रोगहरूको जाँच गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares