शेर्पा बोर्डले सुम्पियो तिनसय घरका परिवारलाई चाबी

दार्जीलिङ, 20 अप्रेल


पश्चिम बङ्गाल शेर्पा कल्चलर डेभलोपमेन्ट बोर्डद्वारा निर्माण गरिएको नव निर्मित घरहरूको हस्तान्तरण गर्ने कार्य भएको छ। पश्चिम बङ्गाल सरकारले शेर्पा समुदायको सांस्कृतिक परम्परा आदि जस्ता विषयहरूको उत्थान गर्नलाई पश्चिम बङ्गाल शेर्पा कल्चलर डेभलोपमेन्ट बोर्डको गठन गरेको हो।

शेर्पा बोर्डले आफ्नो स्थापनाकालदेखि नै शेर्पा समुदायको भाषा,सांस्कृति,परम्परा आदि जस्ता विषयहरूको संरक्षण गर्ने साथै गरीबी रेखामुनिका परिवारहरूलाई घरहरूको निर्माण गर्ने आदि जस्ता कार्यहरू गर्दै आइरहेको छ।

यसको लागि चेयरम्यान निमा वाङदी शेर्पा स्वयम लगायत बोर्डका सदस्यहरूले शहरदेखि टाडा दर्गम क्षेत्रहरूको भ्रमण गरेर गरीबी रेखामुनिका शेर्पा परिवारहरूसँग भेटघाट गर्दै उनीहरूको अवस्थालाई नजिकबाट बुझेर नव निर्माण घरहरूको निर्माण कार्यहरू गर्दै आइरहेको छ।

यसैक्रममा विगत केही महिना अघि मात्र पश्चिम बङ्गाल शेर्पा कल्चलर डेभलोपमेन्ट बोर्डले रिम्बिक लोधोमाको विभिन्न क्षेत्रहरूमा कमसेकम 3 सय भन्दा धेर नयाँ घरहरूको निर्माण कार्य शुरू गरेको थियो, जसको निर्माण कार्य पूरा भएपछि पश्चिम बङ्गाल शेर्पा कल्चलर डेभलोपमेन्ट बोर्डको चेयरम्यान निमा वाङदी शेर्पा, बोर्डका निर्देशक छिरिङजी शेर्पा, मिङमा शेर्पा, आनन्द शेर्पा, छेकी शेर्पा, वाङदेन शेर्पा, टाँसी शेर्पा लगायत उक्त क्षेत्रका शाखा प्रशाखाहरूको नेतृत्वहरू सामेल बनेर निरिक्षण गरेका थिए।

दुई दिवसीय भ्रमणकालको समयमा स्थानीय मानिसहरूले चेयरम्यान शेर्पा लगायत उनको टीमलाई शेर्पा रिति रिवाजहरू एंव परम्पराहरूको साथ स्वागत जनाए। त्यसै अवधि चेयरम्यान अनि उनको टीमले नव निर्माण घरहरूको चावी परिवारहरूको सदस्यहरूलाई सुम्पिए।

शेर्पा बोर्डको पक्षबाट आगमी दिनहरूमा गरिने कार्य योजनाहरूबारे उपस्थित भीडलाई अवगत गराइयो। शेर्पा डेभलोपमेन्ट बोर्डद्वारा अहिलेसम्म जे जति विकाष योजनाहरू भइरहेको छ यी सबै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको शेर्पा समुदायहरूप्रतिको माया र प्रम भावको कारणले भइरहेको छ भन्दै चेयरम्यान शेर्पाले उपस्थित भीडलाई जनाए।

उनले मुख्यमन्त्री ब्यानर्जीप्रति आभार पनि प्रकट गरे।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares