किरायाको घरमा युनिभर्सिटी : विद्यार्थीहरूले भन्यो- हामीलाई स्थायी क्याम्पस देउ : दियो तीनवर्षे आश्वासन

गान्तोक, 21 अप्रेल।


विश्वविद्यालय गठनको 11 वर्ष बित्दा पनि स्थायी क्यम्पस निर्माण नभएपछि सिक्किम युनिभर्सिटि स्टुडेण्ड एसोसिएशन (सुसा) ले हिजोदेखि थालेको मिसन क्याम्पस पेन डाउन प्रतिवादले आज विराट जुलुसको रूप धारण गर्दै प्रतिवादको पराकाष्ठ नाघेको छ।

सुसाका सदस्य विद्यार्थीहरूले आज 5 माइल गर्ल्स होस्टेलबाट जुलुस निकालेर प्रशासनिक कार्यालयहरूको काम पूर्णरूपमा ठप्प पार्दै कूलपतिको कार्यालयमा पुगेर धर्नामा परिणत भयो। हिजैदेखि पठनपाठन र अन्य प्रशासनिक कार्य ठप्प भएको विश्वविद्यालय आज विद्यार्थीहरूको प्रतिवादले पूर्णरूपमा हल्लियो।

2007 सालमा केन्द्रिय विश्वविद्यालयको कानुन पारित गरिएपछि शुरू भएको सिक्किम केन्द्रिय विश्वविद्यालय आज 11 वर्ष पुरा हुँदा पनि 32 वटा विभागहरू 40 वटा किराईको भवनमा सञ्चालित भइरहेको छ। वार्षिक रूपमा 6 करोड़ रूपियाँ किराय भुक्तान गर्दै आएको विश्वविद्यालय निर्माणको निम्ति अहिलेसम्म केवल तीनवटा भवनमात्र निर्माण कार्य थालिएको छ जसको निर्माणको निम्ति तोकिएको समय सीमा नाघेर 6 महिना पार भइसक्दा पनि निर्माण कार्य पुरा भएको छैन।

क्याम्पसको कमीले गर्दै शिक्षण, गैरशिक्षण कर्मचारी तथा विद्यार्थीहरूलाई हुनसम्मको सास्ती भइरहेको बताउँदै विद्यार्थीहरूले मिशन क्याम्पस नामक प्रतिवाद अभियान थालेको हो। सुसाका अध्यक्ष ललित पोखरेल शर्माले भने, हामीले पटक पटक विश्वविद्यालय प्रशासनसित क्याम्पसको निर्माण प्रक्रिया ढिलाई भएको र यसबारे निर्णय चाँडो गर्ने माग गर्दै आएका हौं तर हाम्रो माग सुनवाई नभएपछि यो पदक्षेप अवलम्बन गरेका हौं।

उनले भने हामी तबसम्म आन्दोलन जारी राख्छौं जबसम्म विश्वविद्यालय प्रशासनले लिखित रूपमा हामीलाई हाम्रो मागबारे स्पष्ट अडान दिँदैनन्। आज नौधुर्का झरीमा पनि विद्यार्थीहरूले रूझी भिजी हामीलाई क्याम्पस चाहिन्छ, स्थायी कूलपति चाहिन्छ स्थायी पुस्ताकाधिक्षक चाहिन्छ भन्ने मागसित नाराबाजी गरिरहे। सुसा अध्यक्ष शर्माले भने, हाम्रो पहिलो माग भनेकै स्थायी क्याम्पस निर्माण गरेर किरायको विश्वविद्यालयबाट मुक्ति दिनुपर्छ भन्ने हो, यसैगरि यहाँ विश्वविद्यालयमा स्थायी कूलपति नियुक्ति गरिनुपर्ने, पुस्ताकालयमा स्थायी पुस्ताकाधिक्षक निर्माण गरिनुपर्ने माग हो।

यी मागहरू पुरा नभएसम्म आन्दोलनलाई अझ तीब्र पार्ने बताए। विद्यार्थीहरूको माग जायज रहेको विश्वविद्यालयको कार्यवाहक कुलपति प्रा. ज्योतीप्रकाश तामाङले भने, विद्यार्थीहरूले जुन समस्या झेल्नु परिरहेको छ त्यो विश्वविद्यालयको 3 सयजना शैक्षिक र गैर शैक्षिक कर्मचारीहरूले पनि झेल्नुपरिरहेको छ।

यसकारण विद्यार्थीहरूको मागलाई केन्द्र सरकारको नीति आयोग, विश्वविद्यालय अनुदान आयोग, मुख्यमन्त्री, राज्यपाल सबैलाई अवगत गराइसकेको बताए। यसैगरि उनले विद्यार्थीहरूको माग जायज रहेको तथा आफ्नो तर्फबाट हुने सबै प्रयास आफूले कार्यवाहक कुलपतिको पद ग्रहण गरिसकेपछि यो कार्य गरिरहेको बताए।

यसैगरि कूलपतिको नियुक्तिको प्रसंगमा भने आफूले केही गर्ने नसक्ने र यो सबैको जिम्मेवारू पूर्ण रूपमा केन्द्र सरकारको अधिनस्थ रहेको बताए। अर्कोतिर क्याम्पस निर्माणको निम्ति पहिलो चरणमा 1 सय 10 करोड़ रूपियाँ प्रदान गरिएको त्यसमा प्रशासनिक र अन्य दुईवटा बल्क निर्माण गरिएको तर त्यहाँ केवल कंक्रिटको भवन निर्माण गरिएको हुनाले अहिले नै त्यसमा विश्विविद्यालय सर्न सक्ने स्थिति नरहेको स्पष्ट पारे।

सिक्किम विश्वविद्यालयको क्याम्पस निर्माणको निम्ति 16 सय करोड़ रूपियाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको भए पनि केन्द्र सरकारबाट अहिलेसम्म 1 सय 10 करोड़ रूपियाँ मात्र प्रदान गरिएको छ भने त्यसैबाट तीनवटा ब्लक निर्माण प्रक्रिया चलिरहेको छ। दक्षिण जिल्लाको याङगाङमा निर्माण गरिने विश्वविद्यालयको शुरुआती दिनदेखि नै विवादको घेरोमा परेको हो।

शुरूमा जमीन अधिग्रहणमा विवादले गर्दा 2015 सालमा आएरमा मात्र विश्वविदयालयलाई जमीन हस्तान्तरण गरिएको थियो। यसैगरि अहिले क्याम्पस निर्माणमा ढिलाइ भएपछि विश्वविद्यालय विरोधको अखडा बन्दै आएको छ। आजको विद्यार्थी आन्दोलन विश्वविद्यालयको प्रशासनिक पक्ष र विद्यार्थी संगठनबीच लामो वादविवाद पछि आगामी तीन वर्ष अथवा 2021 साल भित्रमा क्याम्पस निर्माण पुरा गर्ने कूलपति प्रा. ज्योती प्रकाश तामाङले लिखित आश्वासन दिएपछि आन्दोलन साम्य बनेको छ।

यसका साथै कूलपतिले अबउसो प्रत्येक तीन महिनामा क्याम्पस निर्माणको प्रगतिबारे विस्तृत जानकारी सुसालाई उपलब्ध गराउने विश्वविद्यालय प्रशासनद्वारा सुसालाई लिखितरूपमा दिएका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares