शिक्षामा व्यवसाय गर्न पहाड पस्ने टेक्नो इण्डिया ग्रुप

दार्जीलिङ 21अप्रेल।


 टेक्नो इण्डिया ग्रुपले दार्जीलिङ पहाड़मा शैक्षिक व्यवसाय स्थापना गर्ने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष विनय तामाङले हिजो कलकत्तामा भारतका टेक्नो इण्डिया ग्रुपका म्यानेजिङ डाइरेक्टर सत्यम रोय चौधरीसित भेटवार्ता गरी दार्जीलिङ पहाड़मा शैक्षिक व्यवसाय स्थापनाबारे कुराकानी गरेका हुन्।

टेक्नो इण्डिया ग्रुप दार्जीलिङ पहाड़मा उद्योग व्यवसाय स्थापना गर्न सहमत भएको छ।  टेक्नो इण्डिया ग्रुपले दार्जीलिङमा नर्सिङ कलेज, दार्जीलिङ शैलबाँसमा होटेल म्यानेजमेन्ट कलेज, तकदाहमा आइटी कलेज अनि मङपूमा मल्टी डिसिप्लिनेरी कलेज आदिको स्थापना गर्न तयार भएको छ।

‘भारतभरिका लगभग 80 वटा कलेज अनि 5 वटा विश्वविद्यालहरू सञ्चालन गरिरहेको टेक्नो इण्डिया ग्रुपले दार्जीलिङ पहाड़को निम्ति उक्त परियोजनाहरू शुरू गर्न सहमत हुनु दार्जीलिङ पहाड़वासीको निम्ति अति महत्त्वपूर्ण कुरा हो, ‘ विनय तामाङले भने, ‘उक्त पहलले दार्जीलिङ पहाड़को आर्थिक अनि शैक्षिक विकासको साथ-साथै हाम्रा युवापीढ़िले पनि रोजगारको अवसर प्राप्त गर्नेछन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares