स्व. हरिप्रसाद एवं स्व. कुमार सुब्बा स्मारक फुटबल शुरु

सञ्जय निरौला, बिजनबारी 22 अप्रेल


गोग्रा स्पोर्टिङ क्लबले बिजनबारी खेल मैदानमा स्वर्गीय कुमार सुब्बा स्मारक तथा हरिप्रसाद मेमोरियल खुल्ला फुटबल प्रतियोगिता शुरु गरेको छ। यसैबीच एक रङ्गारङ कार्यक्रम पनि भयो।

पुलबजार थाना प्रभारी भुसन छेत्री प्रमुख रूपमा,  ललित गुरुङ बिफा (बिजनबारी फुटबल एसुसियन ) सभापति, राजेन प्रधान स्वर्गीय हरिप्रसादका छोरा, अमर मोक्तान तथा पेम्बा मोक्तान मोक्तान कस्ट्रक्सन प्रमुख, वरिष्ठ कवि मनप्रसाद सुब्बा, जितेन तामाङले विशेष उपस्थित दिएका थिए।

पहिलो खेल बिजनबारी फुटबल क्लब पाहुना टोली लोहापुलसँग भिडेको थियो। लोहापुलले शुन्यको विरुद्ध एक गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। बिजनबारी प्रहिलो चरणबाट झिनो अन्तरले खेलबाट बाहिरिएको हो। अर्कोतिर दोस्रो खेलमा रेड्बुल फुटबल क्लब बनाम पुलबजारबीच भएको खेलमा रेड्बुल बिजयी बनेको छ।

रेड्बुलले चिर प्रतिद्वन्दी पुलबजार विरुद्ध एकको विरुद्ध दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।

लगभग एक महिनासम्म चल्ने उक्त प्रतियोगिताका बिजेता दललाई एक लाख सहितको ट्रफी तथा उपबिजेता दललाई सत्तर हजार सहितको ट्रफी प्रदान गरिने आयोजकको पक्षबाट गगन सुब्बाले बताएका छन्। स्थानीय तथा वरिपरिका लगभग २२ वटा नामी दलहरुले भाग लिने भएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares