रोहित दियालीको ‘साथ’ पाए श्रोताले

सजन शर्मा ,सुकेपोखरी 23 अप्रेल


सिटोङका नवोदित कलाकार रोहित दियालीको म्युजिक भिडियो ‘साथ’-को विधिवत विमोचन गरियो । रिदम म्युजिक ग्रूपको प्रस्तुतिमा तथा हु केयर्स शेल्पु सिटोङको तत्वाधानमा छुला प्राथमिक पाठशाला भवनमा आयोजित कार्यक्रमको अध्यक्षता गीतकार एलबी थापाले गरे ।

पूर्व सभासद रतन थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिहरूमा हीरालाल रनपहेँली,रमेश थापा,अरूण खवास ,जयमान राई तथा अन्यको विशेष उपस्थिति थियो । हु केयर्सका संस्थापक एरोन योञ्जनले संस्थाको गतिविधिमाथी प्रकाश पार्दै विश्वको 15 वटा देशमा हु केयर्सले सामाजिक कार्य गर्दै आएको अवगत गराए ।

संस्थाको तत्वाधानमा सम्पन्न कार्यक्रमहरूको डकुमेन्ट्री प्रस्तुत गरियो । संयोजिका रीका भूजेलले स्वागत भाषण राखेको कार्यक्रमलाई सुवास छेत्री र अनुप दियालीले ययसंयुक्त रूपमा सञ्चालन गरेका थिए । प्रभारी तारा छेत्री ,संयोजक बिरेन तामाङ ,प्रमुख अतिथि रतन थापा तथा अन्यले सम्बोधन गरेको कार्यक्रममा साङ्गीतिक र सांस्कृतिक कोशेली पनि समावेश गरिएको थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares