ज्योति कार्की ज्वेल अफ् नेशन अवार्डले सम्मानित

सिलगढी, 23 अप्रेल


कालेबुङकी सामाजिक कार्यकर्ता ज्योति कार्की सिलगढीमा सम्मानित भएकी छन्। समाजिक कार्यको क्षेत्रमा प्रेरणादायी कार्य गर्दै आइरहेको भन्दै नेशनल एन्टी क्राइम एण्ड ह्यूमेन राइट्स काउन्सिल अफ् इण्डियाले एक कर्यक्रमबीच कार्कीलाई ज्वेल अफ् नेशन अवार्ड-2017-18 ले सम्मान जनाएको हो। नेशनल एन्टी क्राइम एण्ड ह्यूमेन राइट्स काउन्सिल अफ् इण्डियाले आईतबार सिलगढीको दुलालज्योति नेपाली प्राथमिक पाठशालामा समाजिक सचेतना कार्यक्रम आयोजना गरेको थियो।

सम्झौता समाज दुधगेटको पहलमा सम्पन्न कार्यक्रममा जुसिन्ता दास, रङ्गु सौरिया, ज्योति कार्की आदिले शिक्षा, मानव तस्करी आदि विषयमा सम्बोधन गरेकी थिइन्। कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनधिहरूले समाजिक सचेतनाका विषयमा वक्तव्य राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया