अन्तरराष्ट्रिय स्तरमा प्रभावशाली बन्दै सतरञ्जमा सिक्किमे खेलाड़ीहरू

गान्तोक, 24 अप्रेल


सिक्किमको सतरञ्ज खेलाड़ीहरूको अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनी निकै प्रभावशाली बन्दै गएको छ। सिक्किमे 16 वर्षीय सतरञ्ज खेलाडी राहुल गुरूङले रूसका खेलाड़ी भल्कोप सर्जेलाई च्याम्पियन बन्नदेखि रोकेका छन्। काठमाड़ौंमा सम्पन्न ओपन ग्रान्डमास्टर चेस च्याम्पियनशीप 2018 मा राहुल गुरूङको भीड़न्त सर्जेसँग भएको थियो। जसमा उत्कृष्ट प्रदर्शनी गर्दै उनले च्याम्पियन बन्नदेखि रोकेका थिए।

रूसका खेलड़ी भल्कोप सर्जे रसियन च्याम्पियन हुन् भने 2000 को यूरोपियन चेस च्याम्पियन पनि हुन्। सर्जेको अन्तर्राष्ट्रिय चेस रेटिङ 26 सय छ भने राहुल गुरूङको रेटिङ 19 सय रहेको छ। सिक्किम चेस एसोसिएसनले राहुल गुरूङको यस उपलव्धिले सिक्किम लगायत उत्तरपूर्बी क्षेत्रमा चेसको सम्भावना अधि बड़ाएको दाबी गरेको छ।

राहुल गुरूङ अहिले पूर्वोत्तर च्याम्पियन हुन्। राष्ट्रियस्तरको प्रतियोगितामा निकै प्रभावशाली प्रदर्शनी गर्दै आएका गुरूङले हालै तादोङ सिनियर सेकेण्डरी स्कूलबाट दशौं श्रेणीको सीबीएसई परीक्षा दिएका छन्।

आगामी दुई वर्षअवधिमा इन्टर नेश्नल मास्टर (आइएम) लक्ष्य राखेर ख्याति आर्जन गर्दै आएका 16 वर्षीय राहुल गुरूङले भविष्यमा भारतकै एक अब्बल खेलाड़ी हुने दाबी सिक्किम राज्य चेस प्रशिक्षक महेन्द्र ढकालले गरेका छन्।

आज प्रेस क्लबमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै ढकालले राष्ट्रियस्तरदेखि लिएर अहिले आएर अन्तर्राष्ट्रिय चेस च्याम्पियनशीपमा गुरूङले जुन प्रदर्शनी गरिरहेका छन् त्यसले सिक्किममा चेस खेलको भविष्य उज्यालो हुने सम्भावना बड़ाएको बताए। काठमाड़ौंमा आयोजित प्रतियोगितामा सिक्किमका दुई युवा खेलाड़ी राहुल गुरूङ र थेन्डुप भोटियाले भाग लिएका थिए।

आज दुवै खेलाड़ीलाई एसोसिएशनको तर्फबाट सम्मानित गरियो। यसअवसरमा एसोसिएसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त प्रतियोगिताअन्तर्गत रेटिङ 1700 देखि 2000 वर्गको खेलमा राहुल गुरूङ च्याम्पियन भएका थिए। उनले नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन्। आफ्नो अनुभव राख्दै राहुल गुरूङले भने-रूसका च्याम्पियनसँग प्रतिस्पर्धा गर्नु निकै चुनौतिपूर्ण थियो।

तथापि आफूले विश्वकै चर्चित खेलाड़ीसँग बराबरी गरेर नयाँ अनुभव पाएको बताए। उल्लेख्य, सिक्किममा 2011 मा चेस एसोसिएसन अफ सिक्किम गठन भएको हो। त्यसपछि सिक्किमका खेलाड़ीहरूले राज्य र राष्टष्ट्रियस्तरको प्रतियोगितामा भाग लिँदै आएका छन्। सा

थै छिमेकी राष्ट्र नेपालमा आयोजित प्रतियोगिताबाट धेरैवटा उपलव्धी पनि हासिल गरिसकेका छन्। उत्तरपूर्बी क्षेत्रमा चेस खेलप्रति अझै पनि चासो राख्नेहरूको संख्या न्यून भएको र यसलाई बौद्धिकस्तरको खेल भएकोले स्वीकार्नु नमानेको विचार प्रशिक्षक महेंन्द्र ढकालले राखे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares