सिंहलिला अनरोड म्याराथान – २०१८ सम्पन्न

रिम्बिक, 24 अप्रेल: मिसन स्माइल एनजीओको आयोजनामा रिम्बिक फोरबोइदेखि बाँसबाटे भानु हाई स्कूलसम्म १० किमी सिंहलिला अनरोड म्याराथान – २०१८ सम्पन्न भयो। पृथ्वी दिवसलाई केन्द्र गरी आयोजन गरिएको यस दौड़ यसपल्ट पृथ्वीलाई हरियो बनाऔँ (रन फर ग्रीन अर्थ ) भन्ने सन्देशसित सम्पन्न गरिएको थियो | सिक्किमबाट आएका प्रमुख अतिथि सुपर म्याराथानम्यान अमर सुब्बा,दार्जीलिङका सीआई पुरण राई अनि रिम्बिक लोधोमाका गोजमुमोका सभापति नोर्देन सेर्पाले हरियो झण्डा देखाएर सर्वप्रथम यस दौड़ बिहान नौ बजी शुरु भएथ्यो | समाप्ति स्थलमा धावकहरू पुगेपछि स्थानीय भानु उच्च विद्यायलका प्रधान अद्यापक सुन्दर गुरूङको सभापतित्वमा संस्थाले यहाँ रङ्गारङ्ग कार्यक्रम आयोजना गर्यो| जसमा अतिथिहरूको मनोरञ्जनको निम्ति स्थानीय पाँवटा विद्यालयहरू:भानु उच्च विद्यालय, ब्लूमडेल एकाडमी, बड़ाहट्टा अमएसके, स्नो ह्वाईट इङ्लिस स्कुल र डिभाइन इग्लिस स्कुलले सुन्दर नृत्यहरू प्रस्तुत गरे|

कार्यक्रममा प्रमुख अतिथि म्याराथान म्यान अमर सुब्बाले आफ्नो म्याराथानका अनुभवहरू बताउँदै मान्छे -“उमेरले बृद्ध हुँदैन तर जोस, उत्साह र आफ्नो सोच-बिचारले बुड़ो हुन्छ |यलैले सधै सकारात्मक सोच लिएर अघि बडे सफलता प्राप्त गर्न गाह्रो छैन भन्दै धावकहरूलाई हार र जीतको महत्व नराखेर सर्वप्रथम आफूलेआफैलाई जित्ने कोशिस गर्नुपर्ने बताए |त्यसरीनै सीआई पुरण राईले मिसन स्माईलको यो आयोजनाको सहराना गर्दै यस्ता कार्यक्रमहरूले समाजलाई सहि दिशामा लाने भएकोले समाजका सबैबर्गका मानिसहरूसित भेट्ने यो एउटा संजोग मिलेकोमा खुशीप्रकट गर्दै हामी एक भएर मात्र केहि गर्न सक्ने बताए| त्यसरीनै यस कार्यक्रमका प्रमुख सहयोगि समष्टिका गोजमुमो सभापति नोर्देन सेर्पाले यस्ता समाज उत्थानका कार्यहरूमा राजनैतिक तौरबाट सँधै सहयोग रहने बताउँदै पृथ्वी दिवसको महत्वमाथि पनि उनले सविस्तार प्रकाश पारे |उनले उपस्थित प्रमुख अतिथि म्याराथान म्यानले लिम्का बुक अफ वाल्डमा रिकर्ड दर्ता गरेको बिषयहरुलाई धावकहरू अनि उपस्थित दर्शकहरूको जानकारीको निम्ति आफ्नो सम्बोधनमा सुन्दर ढङ्गमा प्रस्तुत गरे|कार्यक्रममा डाड़ा गाउँ उच्च विद्यालमा ३४ वर्ष शिक्षण पेशामा रहेर सेवा निवृत्त बन्ने भूपू प्रधान अद्यापक जगजीत राई अनि भानु उच्च विद्यालयमा ३८ वर्ष शिक्षण पेशामा रहेर सेवा निवृत हुन लागेका शिक्षक राजेन छेत्रीलाई पनि मिसन स्माईलले हार्दिक सम्बर्द्धना जनायो | अन्तमा यस दौड़मा पुरूषहरूमा प्रथम, दोस्रो र तेस्रो बन्ने धावकहरू कर्मैले:आङनिमा सेर्पा (स्याङबो) शिशिर लिम्बु (गुर्दुम ) किशोर सुनुवार (पिपलीडाड़ा)

र महिलाहरूमा प्रथम शारदा सेर्पा(दिल्पा,) दोस्रो शुबला लिम्बु(दिल्पा) अनुष्का राई(डाँड़ा गाउँ) लाई नगद पुरष्कार पन्द्रह हजार दश हजार र पाँच हजारको साथ म्याडलको साथ सम्मान गरियो |

यस कार्यक्रमा प्रमुख अतिथि म्याराथानम्यान अमर सुब्बा, विशिष्ट अतिथि सीआई पुरण राई प्रमुख सहयोगी नोर्देन सेर्पा र मदन चौहान अनि सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्ने पाँचवटा स्कुलहरूलाई पनि आयोजक समित्ले स्मृति चिन्हको साथ सम्मान जनायो |आजको कार्यक्रमा स्थानीय विभिन्न विद्यालयका शिक्षक- शिक्षिकावर्ग ,समाजका प्रतिष्ठत व्यक्तित्वहरू ,संघ संस्थाका प्रतिनिधिहरू, वुद्धिजीवी, व्यवसायीवर्ग विद्यार्थीहरू तथा गाउँबासीहरूको व्यापक उपस्थिति रहेको थियो | यस कार्यक्रममा संस्थाका सचिव सुरेन सुब्बाले स्वागत भाषण राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका सभापति कमल भट्टराई र उप-सचिव आरती ठकुरीले गरेकी थिइन| म्याराथान पछि लिङ्सेबुङ्ग देखि लिङ्करोडसम्म सफाई पनि गरियो |

कार्यक्रमलाई  गोजमुमो रिलो समष्टि नोर्देन सेर्पा, मदन चौहान, राईजिङ स्टार स्पोर्टिङ क्लब ,सेर्पा डिप्लोमेन्ट बोर्ड, गुरूङ बोर्ड, टाँसीडिले कन्ट्रसन कम्पनि, गनपति कन्सक्ट्रसन कम्पनि ,नमोबुद्ध कन्ट्रसन कम्पनि,हिमाल सेर्पा ,कमल एण्ड कम्पनि सहयोग गरेकोमा संस्थाले सबैमा धन्यवाद अर्पण गर्यो |

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares