सिटोङमा बाइबल स्कूलको दीक्षान्त समारोह सम्पन्न

खरसाङ, 25 अप्रेल।


खरसाङ महकुमाअन्तर्गत सिटोङ-एक सि-टोङ होमस्टे परिसरमा सेकाइना ग्लोरी मिनिस्ट्रीद्वारा आयोजित बाइबल स्कूलको दीक्षान्त समारोह सम्पन्न भयो। गत ९ अप्रेलदेखि शुरू भएको उक्त बाइबल स्कूलको दीक्षान्त समारोह २३ अप्रेल मा समापन भयो। नेपाल, दार्जीलिङ, खरसाङ क्षेत्रका ३० जना जति विद्यार्थीहरू उक्त दिन दीक्षान्त भएका छन्। गुञ्जन रसाइलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण मिनिस्ट्रीको संस्थापक म्याक्स दानियल लामाले राखेका थिए। कार्यक्रममा अप्पर मामरिङको गोस्पल म्यूजिकल ब्याण्ड डेस्टिनेशनद्वारा प्रशंसा र आराधनामा अगुवाई गर्दै साङ्गीतिक प्रस्तुतिहरू पनि दिएका थिए। त्यसरी नै एसजीएम म्यूजिकल ब्याण्डको तर्फबाट पनि प्रशंसा र आराधनामा अगुवाई गर्दै साङ्गीतिक प्रस्तुतिहरू पनि दिएका थिए।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित रेभ. पीडी भोङ्मूले बाइबलबाट वचन प्रचार गर्दै “हामी चुनिएका हौँ, नियुक्त गरिएको वा अभिषेक गरिएको अनि परमेश्वरको दृष्टिमा महत्वपूर्ण छौँ भनी बताएका छन्। कार्यक्रममा सिटोङ १ क्षेत्रमा बाइबल स्कूल सञ्चालन गर्न पर्ने कारण र उद्देश्यबारेमा सेकाइना ग्लोरी मिनिस्ट्रीको संस्थापक म्याक्स दानियल लामाले प्रकाश पारे। कार्यक्रममा दीक्षान्त हुने विद्यार्थीहरूलाई उपस्थित अतिथिहरू रेभ. पीडी भोङ्मू, रेभ. ओडी सादा, रेभ. दयाछिरिङ लेप्चा, एल्डर कुमार राई, तितस लेप्चा, गुञ्जन रसाइली, हनोक थापा, किनारा लामा रसाइली, तिमोथी मुखियालगायत अन्य अतिथिहरूका बाहुलीबाट प्रमाण पत्र वितरण गरिएको थियो। कार्यक्रममा करूण राई, ईभान फिपनद्वारा गीत प्रस्तुत गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares