कालेबुङमा चार पक्राउःआचार संहिता उल्लङ्घन गर्दै वाहनमा पैसा बोकेर हिँडेको आरोप

उमेश तामाङ, कालेबुङ 10 मई।


पक्राउ पर्नेहरूमा कमल अग्रवाल, प्रतिक शर्मा, कुर्वान अलि अनि तपन खवास रहेका छन्। दोकानपाट बन्द


नगरपालिका चुनाउको आचार संहिता उल्लङ्घन गरेर वाहनमा पैसा बोकेर हिँडेको अनि मतदाताहरूलाई बाँड्न उक्त पैसा वाहनमा बोकिएको हुनसक्ने आशङ्कामा पुलिसले एउटा वाहनसहित सवार चार जना मानिसहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कमल अग्रवाल, प्रतिक शर्मा, कुर्वान अलि अनि तपन खवास रहेका छन् भने सबैजना कालेबुङ निवासी रहेको पुलिसले जनाएको छ। कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिङ यादवले जानकारी दिएअनुसार आज बिहान लगभग १० बजीतिर नगरपालिका कार्यालय छेउमा उक्त चारजना सवार रहेको गाडीलाई तलासी गर्दा एउटा ब्यागभित्र ८० हजार भेट्टाइएको जुन पैसा विषय उनीहरूले केहि बताउन नसकेपछि उनीहरूलाई थानामा ल्याइएको थियो। उक्त पैसा नगरपालिका चुनाउमा मतदाताहरूलाई राजनैतिक स्वार्थको निम्ति बाँड्न लगिरहेको हुनसक्ने आशङ्का पनि पुलिसले गरिरहेको उनले जनाएका छन्।
अर्कोतिर पक्रुउ परेका गर्गका दाजु अशोक गर्गले उक्त रकम टिस्टामा चलिरहेको कार्यको पेमेन्ट गर्न लगिरहेको स्पष्टीकरण दिँदै यद्यपि पुलिसले अनावश्यक मुद्दा हालेको आरोप लगाएका छन्। आफूहरू उक्त रकम कहाँबाट ल्याइएको थियो अनि किन ल्याइएको थियो त्यो सम्पूर्ण प्रमाण दिन तयार रहेको पनि उनले बताएका छन्। ब्याङ्कबाट हालैमा उक्त रकम चलिरहेको कार्यको पेमेन्ट दिन निकालिएको जसको प्रमाण ब्याङ्क खोलिनसाथ दिने पुलिसलाई आफूहरूले बताए तापनि पुलिस-प्रशासनले आफूहरूको कुरालाई नसुनिदिएको आरोप पनि उनको छ।
आचार सहिता उल्लघन गरेको अभियोगमा पुलिसले कमल अग्रवाल, प्रतिक शर्मा, कुर्वान अलि अनि तपन खवासलाई पक्राउ गरेको विरोधमा आज बेलुकी व्यापारीहरूले कालेबुङमा आफ्नो दोकानपाट बन्द राखेका छन्। अर्कोतिर जन आन्दोलन पार्टीले पनि घटनालाई लिएर विरोध प्रकट गरेको छ। व्यापारीवर्गद्वारा आज शहरमा निकालिएको विरोध जुलुसमा पनि जापका नेतृवर्ग अनि कार्यकर्ताहरूले पनि सहभागिता जनाएका थिए।
पार्टीको व्यूरो सदस्य अमर लामाले यदि साँच्चैमा उक्त चारजनाले आचार सहिताको उल्लघन गरेको भए पनि उनीहरूलाई बेल त दिइनु पर्ने थियो भन्ने मन्तव्य प्रकट गरेका छन्। उसै पनि पुलिसले पक्राउ गरेका व्यक्तिहरू व्यापार वाणिज्यसित संलग्न व्यक्तिहरू रहेकाले उनीहरूको रकम हुनु कुनै ठूलो कुरा नरहेको पनि उनले बताएका छन्। यस्ता कुराहरूको जापले जहिले पनि विरोध प्रकट गर्ने पनि उनले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन