छैटौं अनुसूची नभइञ्जेल हिल एरिया डेभ्लोपमेण्ट कमिटी रहनेछ-गोरामुमो

बिजनबारी, 26 अप्रेल


सगठनलाई मजबुत बनाउदै छैटौं अनुसूचीबारे घर घरमै जागरुक बनाउन गाउँ पसौं कार्यक्रममा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पुल बिजनबारी समष्टि लागि परेको छ।  शाखा प्रशाखाहरुमा युद्धस्तरमा सभाहरु गरिरहेको जानकारी पाइएको छ। कैजले ग्राम पञ्चायतको बडारे शाखाको सभा मनरेगा भवन बडारेमा समष्टि कमिटीका सदस्यहरुको उपस्थितिमा भयो।

सभामा छैटौं अनुसूची पूर्णरूपमा लागू नभएसम्म पहाडमा हिल एरिया डेभ्लोपमेण्ट कमिटी रहने समष्टि महासचिव सुरेन गुरुङले बताए।  १२ जना सहिदको सपनालाई कुल्चने कुचेष्टा भइरहेको  समष्टि युवा सभापति बिजय सुब्बाले बताए। कार्यक्रममा घर फर्कौ अभियान अन्तर्गत केही सदस्यहरु पार्टीमा सामेल भए। बसन्त राईको स्वागत वक्तव्य तथा धुर्व गुरुङको सभापतित्वमा भएको सभामा राजेन पोख्रेल, एनके खवास, हापिज राई लगायतले बोलेका थिए।

अर्कोतिर गोक दुई ग्राम पञ्चायतको बिहिबारेमा ग्राम सभापति एनके खवासको सभापतित्वमा समर्थन तथा जाररुक सभा बसियो। सभामा समष्टि कमिटीबाट उपसभापति गायेस सुब्बा सचिव सुरेन गुरु,ङ ब्रान्च कमिटी सदस्य आर सी गुरुङ, युवा मोर्चाबाट सभापति बिजय सुब्बा, अमित लकान्द्री, राजेन पोख्रेल, पुरण राई, मनिकुमार राई लगायतको उपस्थित थियोे।   बिहिबारेबाट २४ घर गोजमुमो छोडेर गोरामुमोमा सामेल भए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया