सोनादामा १५० भन्दा अधिकले समाते तृणमूल कङ्ग्रेसको झण्डा

सञ्जीव मोहोरा /सोनादा 2 अप्रेल:

“अगस्त २०१६ मा हामीलाई हिल टीएमसीमा ममता ब्यानर्जीले पदभार सुम्पेकी थिइन्,  तर पहाडमा आन्दोलनको कारण चारैतिर अशान्ति थियो।  तर अहिले पहाडमा तृणमूल कङ्ग्रेसले गर्दा शान्ति ऋंखला छाएको छ। तृणमूल काम गर्ने पार्टी हो’-हिल तृणमुल पार्टी युथ कमिटीका अध्यक्ष बिष्णु गोलेले सोनादामा भने।

दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसपार्टी सोनादा युथ कमिटी द्वारा आयोजित जन समर्थन सभामा मुख्य अथितीको रूपमा उपस्थित बिष्णु गोलेले अघि भने, हामीमा ज्वलन्त उदाहरण छ हाम्रो पार्टी पैसा दिएर राजनीति गर्ने पार्टी होइन। हाम्रो पार्टीको प्रत्येक महिनामा कलकत्तामा कोर कमिटिको सभा हुन्छ हामी समाज सेवाको भावनाले गरिब जनताको निम्ति जातिको निम्ति काम गर्न आएका हौँ।

उनले अझ भने, नेतृत्व गर्न लेखेर आएको हुनपर्छ, मन बाट जाग्नुपर्छ। हामीले विकास गर्ने तरिका सिक्नुपर्छ। हाम्रो पार्टीले माछा मारेर दिँदैन माछा मार्न सिकाउँछ। पहाडमा ममता ब्यानर्जीको सरकारले स्कुल कलेजहरु बनाइदिएको छ। तक्निकी विद्यार्थीहरुको निम्ति आइटीआईहरू निर्माण गरिदिएको छ। बिष्णु गोलेले अघि भने, आज टिएमसि सरकार आए पछि पहाडमा युवाहरु बेरोजगार नरहेको दाबी गर्दै दार्जिलिङ खर्साङ कालिम्पोङ मिरिक गोरुबथान मङ्पूमा आइटिआइ कलेजहरु बनाइदिएको भन्दै सुश्री ममता ब्यानर्जीले तपाई हामी एक भएर काम गर्यौ भने केही उपलब्धी गरिदिन्छ भन्दै सोनादा क्षेत्रमा ब्लक अफिस आयो भने बिकास आफै आउँछ भन्दै १०५ दिन को पहाड बन्द  पछि चिया कमानको बोनस ममता सरकारले दिएको भन्दै अब पाहाडमा राम्रो दिन आउँछ भने।

सभालाई सम्बोधन गर्दै हिल तृणमूल कार्यकारी अध्यक्ष सुभोमय च्याटर्जीले आजको सभामा जीएलपीका सदस्याहरूले पनि टीएमसीमा समर्थन गरेकोमा खुसी व्यक्त गरे। उनले सिब्सुमा आफूसँगै गोर्खा जनमुक्ति मोर्चामा खटेका यी जीएलपीहरूले आज केही नपाएको बताए। उनले सबै क्षेत्रमा पछाडिएको सोनादा क्षेत्रले महकुमा को दर्जा प्राप्त गर्‍यो  विकासको मार्गमा अघि बढ्ने भन्दै महकुमा अनि शाक्षिक संस्थानहरू निर्माण गरिनपर्ने माग गरे।

उनले विकास बोर्डहरू मार्फत पनि विकासका कार्यहरू भइहेको भन्दै कसैसित पनि शत्रुताको भावना राख्नु नहुने बताए। उनले आफ्नो सम्बोधनमा सोनामा क्षेत्रका मानिसहरूको पर्चापट्टाको कुरा पनि उठान गरे।

हिल तृणमूल खरसाङ खण्ड समिति युवा उपाध्यक्ष संगई ग्लानको सभापतित्वमा सम्पन्न जन समर्थन सभा सोनादाको स्कट मिसन पाठशाला भवनमा सम्पन्न भएको थियो। जहाँ गोजमुमो अनि 150 बऩ्दा अधिकले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरे। सभामा सन्नी लोप्चन जुस्लोका एल. बि. तामाङ एन. बि. खवास हेम राई बिकास राई कुशल तामाङ ट्रेड युनियनका बबिन सुब्बा जिल्ला प्रमुख प्रदीप प्रधानले पनि सभालाई सम्बोधन गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया