कम्पनीको सभामा प्रिमियम राशि श्रमिकहरूको हितार्थ खर्च गरिने निर्णय

सुके-पोख्रेबुङ, 2 मई।

सजन शर्मा

फेयरट्रेड प्रिमियम कम्पनी जोइन्ट बडी नागरी फार्मको वार्षिक साधरण सभा महाप्रबन्धक टीसी शर्माको अध्यक्षतामा सम्पन्न भयो । सहसचिव जलु प्रधानले सञ्चालन गरेको सभामा सचिव अणु छेत्री, कोषाध्यक्ष राजेन मुखिया, सह प्रबन्धक एस दर्नाल, पी करेल, प्रतिक हलदार, स्वास्थ्य विभाग प्रभारी योगिता थापा, हेमकला मुखिया, डीटीडीपीएयुका सञ्जय गिरी, रूद्रमणि शङ्कर, एचपीडव्ल्युयूका मैतराज प्रधान, टिएसी श्रमिक सङ्गठनका दिलीप छेत्री, रूबेन प्रधान, रूदेश प्रधान साथै कर्मचारी अनि श्रमिकवर्गको उपस्थिति रहेको थियो।

सभामा यस वर्षको प्रिमियम राशि 14 लाख 99 हजार आएको जानकारी गराइयो। यसैबीच सातजना सदस्यको कमिटि गठन गरियो । प्राप्त प्रिमियम नौ वटा चियाबगानको एफपीसीको सहमतिमा श्रमिकवर्गको हितमा खर्च गरिने प्रस्ताव ग्रहण गरिएको जानकारी मुन्सी बिके प्रधानले दिएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया