साई सङ्गठनद्वारा सफाई अभियान

सुके-पोख्रेबुङ, 2 मई।

सजन शर्मा

श्री सत्य साई सेवा सङ्गठन पोख्रेबुङ तथा नागरी समितिले सफाई अभियान चलाएको छ। सङ्गठनका सदस्यहरूलाई लिएर गरिएको उक्त सफाई अभियान अन्तर्गत बतासे लूपदेखि एक किलोमिटरको दुरत्वमा रहेको सैलुङ प्रेट्रोल पम्पसम्म सड़कमार्ग र नालाहरूको व्यापक रूपमा सर सफाइ गरिएको छ।

आफ्नो क्षेत्रलाई स्वच्छ अनि सफा राखे यसले वातावरणसँगै विचारमा पनि स्वच्छता ल्याउने कुरालाई मध्यनजर राख्दै उक्त सफाई अभियान चलाइएको थियो। उक्त कार्यक्रममा श्री सत्य साई सेवा सङ्गठन पोख्रेबुङ तथा नागरी समितिका संयोजक,  दायित्व वाहक, बिभागीय प्रभारी, बाल विकाश गुरूवर्ग साथै विद्यार्थीवर्ग गरेर कूल 66 जनाको उपस्थिति रहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया