सिडर्स क्षेत्रबाट ३३ घर तृणमूल कांग्रेसमा सामेल

खरसाङ , २ मई: पहाडमा हिल तृणमूल कांग्रेसले फेरि आफ्नो सांगठनिक गतिविधि शुरु गरिसकेका छन्। पहाडको विभिन्न स्थानहरूमा हिल तृणमूल कांग्रेसमा सामेल हुने क्रम पनि जारी रहेको छ। यस्तै सोनादा पचेङ समष्टीको सिडर्स क्षेत्रबाट ३३ घर हिल तृणमूल कांग्रेसमा सामेल भएको जानकारी प्राप्त भएको छ। अप्पर सिडर्सस्थित अजित छेत्रीको घर प्रांगणमा हिल तृणमूल कांग्रेसको एक सांगठनिक सभा सम्पन्न भयो।

उक्त सभामा नै यस क्षेत्रको ३३ घर विभिन्न पार्टीका मानिसहरू हिल तृणमूल कांग्रेसमा सामेल भएका छन्। विशेष गरी पहाडमा विगतको पार्टीहरुले स्थानीय जनताको आवाज नसुनेर उपेक्षित गरेको अनि श्रमिकहरुको समस्या कहिले समाधान नगरेको भन्दै तृणमूल कांग्रेसको झन्डा स्थानीय मानिसहरूले ग्रहण गरेका छन् । त्यसरी नै अहिलेको समय श्रमिकहरुको हित र समस्या समाधानको लागि पहल केवल तृणमूल कांग्रेसले मात्रै गरेको बताउँदै हिल तृणमूल कांग्रेसमा सामेल भएका छन्। उक्त समर्थन कार्यक्रम हिल तृणमूल कांग्रेस सोनादा,रंगबुल, गोराबारी क्षेत्रीय कमिटीको तत्वाधानमा भएको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया