अनित थापाको सहयोगमा श्रमिकहरुलाई च्यादर र छाता वितरण

खरसाङ, २ मई: जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको उपाध्यक्ष अनित थापाको सहयोगमा तीनधारे महानदी समष्टीको घुम्ती चियाबारीमा च्यादर र छाता वितरण गरिएको छ। यहाँको गरीब जनताहरुलाई घर बनाउन सहयोग होस भनेर उपाध्यक्ष अनित थापाको निर्देशन र सहयोगमा घरको छाना अर्थात् च्यादर वितरण गरिएको छ।

उक्त च्यादर घुम्ती चियाबारीको जम्मा ९० जना श्रमिकहरुलाई वितरण गरिएको छ। त्यसरी नै उपाध्यक्ष अनित थापाको सहयोगमा नै घुम्ती चियाबारीको लगभग ३०९ जना श्रमिकहरुलाई वर्षाको समयमा ओढ्ने छाता वितरण गरिएको छ। यस वितरण कार्य गोजमुमो घुम्ती चियाबारी शाखाको तत्वाधानमा गरिएको छ।

यस वितरण कार्यमा गोजमुमो घुम्ती शाखा सभापति निलेस खवास, सचिव बसन्त राईले, डीटीडीपीएलयु तीनधारे महानदी समष्टीको जोनल कमिटीको सचिव सुवास छेत्री लगायत नारी मोर्चा र युवा मोर्चाको प्रतिनिधिवर्ग पनि उपस्थित थिए। यसरी च्यादर र छाता वितरण गरिएकोमा गोजमुमो घुम्ती शाखाले सम्पूर्ण जनताको पक्षमा जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको उपाध्यक्ष अनित थापालाई धन्यवाद पनि दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया