ईभीएममा छैन नोटा

मोहन लामा,दार्जीलिङ, 11 मई/ 2017


गत विधानसभा चुनाउमा दार्जीलिङ, खरसाङ अनि कालेबुङ विधानसभा क्षेत्रबाट खड़ा भएका कतिपय उम्मेद्वारहरुको तुलनामा नोटाले अधिक मत पाएको थियो


आइतबार 14 मईको दिन हुने नगरपालिका चुनाउको लागि तयार पारिएका ईभीएम (इल्क्ट्रोनिक भोटिङ मशिन)-मा नोटा (नन् अफ् द अवभ) छैन। जसको फलस्वरूप यस नगरपालि
का चुनाउमा मतदाताहरुले कुनै न कुनै एकजना उम्मेद्वारको पक्षमा मतदान गर्नैपर्नेछ।

वर्ष 2014-देखि शुरू भएका विधानसभा अनि लोकसभा चुनाउमा राखिएका सम्पूर्ण ईभीएम मशिनहरुमा नोटाको व्यवस्था गरिएको थियो अनि उक्त चुनाउको समय धेरै मतदाताहरुले नोटामा मतदान गरेर आफ्नो मौलिक अधिकारको प्रयोग गरेका थिए। तर राज्यको चुनाउ आयोगले राज्यका 7 वटा नगरपालिकामा 14 मईको दिन तय गरेको चुनाउमा प्रयोग गरिने ईभीएम मशिनमा नोटाको कुनै व्यवस्था गरेको छैन।

यसबारे दार्जीलिङ नगरपालिका चुनाउको मैदानमा खड़ा भएका केही उम्मेद्वारहरुसित सोध्दा उनीहरुले भने-हामीलाई गत दुइ दिनअघि ईभीएम मशिनको जाँच गराउने प्रबन्ध गरिएको थियो, तर उक्त मशिनमा नोटाको विकल्पनै देखिएन। तरै पनि यो राम्रै हो, किनभने, मतदाताहरुले कुनै न कुनै एकजना उम्मेद्वारको पक्षमा मतदान गर्नैपर्ने भएको छ अर्थात कुनै पनि मतदाताको मतदान खेरो जानेछैन।

यसबारे दार्जीलिङ जिल्ला प्रशासन पक्षले पनि नोटाको लागि यसपाली चुनाउ आयोगबाट कुनै अधिसूचना जारी नभएको जानकारी गराएको छ। स्मरण गराइन्छ, गत विधानसभा चुनाउमा दार्जीलिङ, खरसाङ अनि कालेबुङ विधानसभा क्षेत्रबाट खड़ा भएका कतिपय उम्मेद्वारहरुको तुलनामा नोटाले अधिक मत पाएको थियो। तर राज्य चुनाउ आयोगको अधीनमा भइरहेको यस नगरपालिका चुनाउको लागि तयार पारिएका ईभीएम मशिनहरुमा कतै नोटाको व्यवस्था गरिएको छैन। आगामी 14 मईको दिन दार्जीलिङ पहाड़का चारवटा अनि समतलका 3 वटा नगरपालिकाको चुनाउ भइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन