स्व. कुमार सुब्बा एवं हरिप्रसाद प्रधान मेमोरियल खुल्ला फुटबल प्रतियोगिता शुरु

बिजनबारी, 3 मई


गोग्रा स्पोर्टिङ क्लब बिजनबारीको आयोजनामा स्थानीय खेल मैदानमा भइरहेको स्वर्गीय कुमार सुब्बा एवं हरिप्रसाद प्रधान मेमोरियल खुल्ला फुटबल प्रतियोगिता दैनिक रूपमा रोमाञ्चपूर्ण भइरहेको छ।यसै अनुरुप हिजो अबेरसम्म भएको पहिलो  क्वाटर फाइनलमा मोक्तान कस्ट्रसन बिजनबारीले स्थानीय रेडबुल फुटबल क्लब बिजनबारीलाइ दुइको बिरुद्ध चार गोल गर्दै अघिल्लो चरणमा पुगेको छ भने रेडबु प्रतियोगिताबाट बाहिरिएको छ।

शुरुआतबाट नै खेलमा हाबी रहेको मोक्तानले पहिलो हापमा दुई गोलको बडत लिएको भए पनि दोस्रो हाफमा खेल केही रोमाञ्चक बनेको थियोे। दोस्रो हाफमा रेडबुलले खेलमा सुधार ल्याउँदै दुई गोल गर्दै खतरा टार्ने कोशिश भएको भए पनि उनीहरूको सोचमा पानी फेर्दै मोक्तानले पुनः दुई गोल गरेपछि रेलबुल प्रतियोगिताबाट बाहिरको हो।
स्थानीय दर्शकहरुले भरिएको मैदानमा मोक्तानको पक्षबाट बिदेशी खेलाडीहरु समेत मैदानमा उत्रेका थिए भने खेलमा भारतीय दलमा सदस्य समेत रहेका धिरेन गुरुङ लगायत उनको सहयोगीहरुले निर्णयकको भूमिका निभाएका थिए।

अर्कोतिर परिवर्तन फुटबल कल्ब बनाम लोहापुलमाझ भएको खेलमा एक गोल गर्दै परिवर्तन अधिल्लो चरणमा प्रवेश गरेको हो।
निक्कै रोमाञ्चकपूर्ण भएको खेलको पहिलो हाफ गोलरहित हुँदै दुवैको ढोका खोलेको भए पनि दोस्रो हाफमा परिवर्तनको कप्तान एन्थोनीले सुन्दर गोल गर्दै एक शुन्यको बडत दिलाए भने अन्तसम्म पुन गोल हुन नसकेपछि खेल परिवर्तनको पक्षमा गएको हो। एक महिनासम्म चल्ने उक्त प्रतियोगितामा स्थानीय तथा दार्जीलिङका प्रतिष्ठित दलहरूले समेत भाग लिने तथा बिजेतालाई एक लाख सहितको पुरस्कार दिइने आयोजकको पक्षमा गगन सुब्बाले बताएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares