रियल म्याड्रिड फाइनलमा

म्याड्रिड, 11 मई।


डिफेण्डिङ च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लीगको फाइनलमा पुगेको छ। बुधवार मध्य राति छिमेकी क्लब एथ्लेटिको म्याड्रिडविरुद्ध उसको घरेलु मैदानमा खेलिएको सेमीफाइनलको दोस्रो लेगमा 1-2 गोलअन्तरले पराजित भएपनि समग्रमा 4-2 को गोलअन्तरसँगै फाइनलमा स्थान बनाएको हो।

रियलले आफ्नो घरेलु मैदानमा खेलिएको पहिलो लेग 3-0 को फराकिलो अन्तरले जितेको थियो, जुन खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। हिजो राति खेलिएको खेलमा एथ्लेटिकोका लागि खेलको 12औं मिनटमा मीडफिल्डर सोलले गोल गरी 1-0 को अग्रता दिलाएका थिए।

खेलको 16औं मिनटमा फ्रेञ्च स्ट्राइकर एण्टिनो ग्रीजम्यानले पेनल्टीमार्फत् गोल गरी यो अग्रता दुइगुणा पारी खेले आशा जगाए। यद्यपि रियलका मीडफिल्डर इस्कोले 42औं मिनटमा गोल गरेपछि समग्रमा 4-2 को गोलअन्तरसँगै जिदानको टीम फाइनलमा पुगेको हो। अब फाइनलमा रियलको मुखामुखी इटलियन क्लब युभेण्टससँग हुनेछ। वेल्सको कार्डिफमा आउँदो 4 जूनको दिन खेलिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन