एलडी काजी मेमोरियल फुटबल प्रतियोगिता आरम्भ

गान्तोक, 5 मई।


सिक्किमको ग्रामीण क्षेत्रको युवा खेलाड़ीहरूलाई प्रोत्साहनको निम्ति शुरु गरिएको स्वर्गीय एलडी काजी मेमोरियल गोल्ड कपमा शुरु भएको छ। यसपालि यो प्रतियोगितामा राज्य स्तरीय पाठशालाका 17 वर्षभन्दा कम उमेरका केटा अनि केटी विद्यार्थीहरूलाई लिएर प्रतियोगिता आयोजन गरिएको छ। मानव संसाधन विकास विभागले आयोजन गरेको गत 20 अप्रेलदेखि 30 मईसम्म चल्ने यो प्रतियोगिता अहिले विभिन्न ठाउँमा आयोजन भइरहेको जानकारी राज्यको खेलकूद तथा युवा मामिला विभागका अतिरिक्त निदेशक कमल छेत्रीले बताएका छन्।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने अहिले राज्यको चारवटा जिल्लाबाट 78 उच्चत्तर माध्यमिक विद्यालय र  116 वटा माध्यमिक विद्यालयले प्रतियोगितामा भाग लिने मौका पाउनेछन्। यस प्रतियोगिता आयोजन गर्नुको मुख्य उद्देश्य राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरको खेलाडी जन्माउनु रहेको छ। राष्ट्रिय प्रतियोगिताको निम्ति खेलाड़ी तयार पार्नु रहेको बताउँदै यसमा विजयी केटा-केटीको अन्तर पाठशालास्तरको राष्ट्रिय प्रतियोगितामा सिक्किमलाई प्रतिनिधित्व गर्ने मौका पाउनेछन्। जसले सुबर्तो मुखर्जी अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता दिल्लीमा जाने मौका पाउने छन्। मानव संसाधन विकास विभागसित संयुक्त रूपमा खेलकूद विभागले आयोजन गरेको यो प्रतियोगिताकै आधारमा अहिलेसम्म आइएसएलमा 7 जना सिक्किमका खेलाड़ीले खेलिरहेको दावी गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares