‘आयो आयो गोर्खाली’

सजन शर्मा / सुके-पोख्रेबुङ 7 मई ।


राङभाङ बालसन अञ्चलका युवा कवि अनिकेश प्रधानको दोस्रो कृति कविता सङ्ग्रह ‘आयो आयो गोर्खाली’-को प्रोमोशन पोख्रेबुङ हाटबजारस्थित सार्वजनिक भवनमा आइतवार आयोजना गरियो । स्थानीय सचेत युवा जमातको सक्रियतामा सम्पन्न कार्यक्रमको अध्यक्षता शिक्षक कुमार प्रधानले गरे भने प्रमुख अतिथि कथाकार रूबेन गुरूङको विशेष उपस्थिति थियो ।

साहित्यकार सुकराज दियाली, मिलन बान्तावा,एसएम वाङदेल,दिनेश राई, सुमित्रा अविरल, सविता सङ्कल्प आदिको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमलाई शरण थुलुङले सञ्चालन गरेका थिए । कार्यक्रम अध्यक्ष एवं अतिथि वर्गले साहित्यको विविध पक्षमाथी सम्बोधन गरेको कार्यक्रममा कल्याण गुरूङ अनि अन्यले कविता वाचन गरे ।कृतिकार अनिकेश प्रधानले आफ्नो सम्बोधनमा कृति आयो आयो गोर्खाली नामकरण गरिनुको औचित्य गोर्खा जातिमा नयाँ सोँच जागृत भएको कुरा स्पष्ट पार्न खोजिएको हो भने ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares