श्रेयसको पराक्रमले दिल्ली विजयी

कानपुर, 11 मई।


युवा ब्याट्सम्यान श्रेयस अय्यरको विध्वंसी इनिङ्ग्सको दममा बुधवार दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई दुइ विकेटले पराजित गऱ्यो। यो जीतसँगै दिल्ली अङ्कतालिकामा एक स्थान माथि उक्लेको छ। अब जहीर एण्ड कम्पनी छैटौं स्थानमा पुगेको छ। 196 रनको विजयी लक्ष्य पाएको दिल्ली एकसमय 56 रनमा 3 विकेट गुमाएर समस्या फँसिएको थियो। तर यस्तो जटिल स्थितिमा युवा अय्यरले 57 बलमा 96 रनको विध्वंसी इनिङ्ग्स खेले।

यसअवधि उनले 15 चौका र दुइ छक्का हिर्काए। अय्यरको यो आक्रामक इनिङ्ग्सकै कारणले दिल्लीले 19.4 ओभरमा 8 विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो। उनीबाहेक करूण नायर 30 र प्याट कमिन्स 24 र अमित मिश्रले दुइ बलमा 8 रनको उपयोगी इनिङ्ग्स खेले। गुजरातका लागि जेम्स फल्कनरले दुइ विकेट लिए। यसभन्दा अघि पहिलो ब्याटिङ गर्दै रैना एण्ड कम्पनीले निर्धारित ओभरमा 5 विकेट गुमाएर 195 रन सङ्ग्रह गरेको थियो।

गुजरातका लागि अष्ट्रेलियाई ब्याट्सम्यान एरोन फिञ्चले 69 तथा दिनेश कार्तिकले 40 रन बनाए। फ्लेअफको दौड़बाट अघिबाटै बाहिरिसकेको दिल्लीको यो जीतसँगै 12 खेलमा 5 जीत र 7 हारसँगै 10 अङ्क भएको छ। गुजरातको भने 13 खेलमा केवल 8 अङ्क छ। यसले 4 खेल जितेको छ भने 9 खेल हारेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन