स्व.विशाल राई स्मारक फूटबल टुर्नामेण्ट सम्पन्न

सुकेपोखरी, 8 मई।


सिमाना बजार यङ गन सेभेन्टिन (young gun 17) तथा नव दीप सामाजिक सङ्घको संयुक्त तत्वावधानमा स्व.विशाल राई स्मारक फूटबल टुर्नामेण्ट सम्पन्न भयो । प्लुङदुङ अनि मानेभञ्याङमाझ भएको म्याचमा एकको विरूद्ध दुई गोल गरेर प्लुङदुङ विजयी भयो । बेगेन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेमा लह्मु, दावा गल्मु शेर्पा सुषमा शेर्पा, बिजय तामाङ, हेमन्त मुखिया, प्रदिप गुरुङ ,प्रेम छिरिङ शेर्पा अनि एकाधिक सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । फुर्बा छिरिङ शेर्पाले सञ्चालन गरेको कार्यक्रममा बिजेता र उपविजेता दलसँगै उत्कृष्ट खेलाड़ीलाई नगद राशि एवं पारितोषिक प्रदान गरियो । बेस्ट दल सिमाना बजार,जुनियर हाई स्कोरर तक्सिङ भोटिया मानेभञ्ज्याङ,मेन अफ द म्याच योगेश दर्नाललाई चयन गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares