पवन खेरा र पहाडको खलनायक

सरोकार »

पुरण छेत्री


गतः शुक्रबार एनडीटीभीमा  एआईसीसी सदस्य पवन खेरा, ‘गाेर्खाहरू राष्ट्र विराेधी, विछिन्नतावादी र खालिस्तानीहरू जस्तै भारत विराेधी हुन्’ भन्दै चिच्याइरहेका थिए। पहाडकाे मुख्य खलनायक बिनय तामाङ, डुवर्समा डेरा हालेर काङ्ग्रेसकै घटकदल तृणमुल काङ्ग्रेसकाे निम्ति ‘गाेर्खा भाेट’ फकाउन व्यस्त देखिए। चुनावी सभाबाटै यसकाे विराेध गर्लान् भनेर निक्कै कान थापियाे तर तृणमुलकाे बढि-बढाई भन्दा अरूथाेक केही गरेनन्।

खलनायक त खलनायक भइगए, पहाडका स्वघाेषित नायक दलहरूले पनि खुलेर यसकाे विराेध गरेनन्। मानाैं पवन खेरा सही हुन् र हामी गलत। फेसबुके र विशेष गरि ट्विटरेहरूले नै व्यक्तिगतरूपमा यसकाे विराेध गरेर पवन खेरालाई घुँडा टेकाए र उनलाई लिखित माफी माग्न बाध्य बनाए। ट्विटरे र फेसबुके साथीहरूलाई गाेर्खे सलाम।

पवन खेरा जस्ताे जण्डा पत्रकार एंव दिल्लीका पूर्व मुख्यमन्त्री शिला दिक्षितकाे राजनैतिक सचिव एंव सल्लाहकार रहिसकेका व्यक्तिले के कारणले यसाे भने हाेलान्। १९८६ मा तत्कालिन बङ्गालका मुख्यमन्त्री स्व. ज्याेति बासुले, ‘गाेर्खाल्याणड अान्दाेलन राष्ट्र विराेधी हाे’ भनेकाे भाेलिपल्टै तत्कालीन प्रधानमन्त्री स्व. राजिव गान्धीले, ‘गाेर्खाल्याण्ड अान्दाेलन राष्ट्र बिराेधी हाेईन तर बङ्गाल विभाजन हुनेछैन’ भनेका थिए। स्व. राजिव गान्धीकाे साेही भनाईलाई आधार मानेर धेरै साथीहरूसँग, ‘अाज राजिव गान्धी जिवित भएकाे भए, गाेर्खाहरूले यत्राे दुःख पाउँने थिएन’ भनेर निक्कै टेबल ठटाउँथे म। अाज अाएर गाेर्खाहरूलाई राष्ट्रविराेधी देख्ने काङ्ग्रेसलाई कुन भाषामा गाली दिनु हाे साेच्नै सकेकाे छुइन।

पवन खेराले ‘खालिस्तान’ र ‘गाेर्खाल्याण्ड’ अान्दाेलनलाई कसरी एउटै देखे? भजपासँग तपाईँलाई पखाला चलुञ्जेल रिस उठेकाे हाेला तर गाेर्खाल्याण्ड र खालिस्तानलाई एकै ठाउँ मुछ्ने कुबुद्धि कहाँबाट अायाे? ‘खालीस्तान’ भनेकाे शिखहरूले भारत बाहिर मागेकाे अलग देशकाे माग हाे, जसकाे खाका १९४० मा तयार भएता पनि १९४७ मा पञ्जाब राज्य पाकिस्तान र भारत दुईभागमा विभाजन भए पछि कमजाेर बनेकाे थियाे।

१९७० – १९८० मा खालिस्तान अान्दाेलन चरम सिमामा थियाे। अान्दाेलनकाे रणनीति अनुरूप उनिहरूले भारतकाे तत्कालिन प्रधानमन्त्री स्व. इन्दिरा गान्धीकाे हत्या साथै भारतीय वायुसेवाकाे विमान ३२८ यात्रीहरू सहित बमले उडाइदिएका थिए। ‘गाेर्खाल्याण्ड’ भारतभित्रै एउटा नयाँ राज्यकाे माग हाे जाे भारतीय संविधान अनुरूप मागिएको हाे। अाकाश र पातालकाे फरक रहेकाे दुई मुद्दालाई एउटै देख्ने पवन खेराकाे कि त दिमागी सन्तुलन बिग्रेको छ, कि चश्माकाे नम्बर गलत छ।

एकातिर जितिसकेकाे खेल हारेकाे पीडाले सताइरहेकाे बेला, राष्ट्र विराेधीकाे अाघात पनि सहनु पर्ने गाेर्खाकाे भाग्य सम्झेर अाफैलाई टिठ् लाग्न थाल्याे। राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गाेर्खाकाे छवि धमिल्याउने पवन खेराकाे कुकृत्यकाे घाेर भत्सर्ना गर्नै पर्छ। स्टुडियाेमा घाेक्राे सुकिञ्जेल गाेर्खाहरूकाे देशभक्तिलाई गाली गरेपछि भाेलीपल्ट, शनिबार यसरि माफी मागे “…………. there was a misunderstanding caused due to some words, definitely not caused. Gorkhas, I regret that.”

पवन खेराकाे अक्षम्य भुल मेटाउन के याे पत्र काफी छ? एनडीटीभीसँग उनी अाफै संलग्न छन्, टीभी हाउसबाटै सार्वजनिकरूपमा माफी किन माग्दैनन्। के याे एकपन्ने माफीनामा पत्र अब प्रत्येक गाेर्खाले खल्तीमा बाेकेर हिँड्नु ? कतै हाम्राे अनेकता देखेर हामीलाई हेप्न खाेजेकाे त हाैइनन्? धड्किरहेकाे गाेर्खे छात्तीमा हात राखेर सबैले एकपल्ट साेच्ने समय अाएकाे छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares