पास्टर हेमन चौहानको अभिषेक

सजन शर्मा, सुके -पोख्रेबुङ, १३ मई ।


हिमाली प्रेसबिटेरियन चर्च धजे चियाबारीमा रेभ पास्टर हेमन चौहानको अभिषेक गरियो। दलसिहंपाढ़ाबाट आएका पास्टर तिलक सुब्बाको शुरूको प्रार्थनाबाट थालिएको कार्यक्रममा स्वागत भाषण पास्टर नरेश राईले राखे। पास्टर हेमनको अभिशेक र अभिशेक कार्यक्रम प्रेस बिटेरियन चर्च काउन्सिलका अध्यक्ष रेभ पास्टर केएम राईद्वारा गरियो ।

अभिशित पास्टर चौहानले दुइ शब्द राखे । राङभाङ भेल्ली युनाइटेड क्रिस्चियन अर्गनाइजेशन अध्यक्ष पास्टर सुनिल छेत्री,सचिव एचबी गुरूङले पनि सम्बोधन गरे । पत्नीसहित पास्टर चौहानलाई पास्टर खुशदील सुब्बा ,पास्टर सुनिल छेत्री,एभाञ्जलिस्ट साइरा बाल्मिकीबाट अभिनन्दन पत्र,अङगबस्त्र प्रदान गरि सम्मान जनाइयो ।

जलढाका निवासी तिलक सुब्बाले बचन प्रस्तुत गर्दै प्रभुयेशुको महिमा सुनाए । एल्डर ओटी लेप्चाले आशिष प्रार्थना प्रस्तुत गरे । रश्मी छेत्री राई एवं अन्यले भजन प्रस्तुत गरे। युनाइटेड क्रिस्चियन अर्गनाइजेशनका विभिन्न मण्डलीका अगुवाजन ,विश्वासी साथै स्थानिय सुवास ग्रामवासीको उपस्थिति रहेको थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares