१०० जनालाई मतदान केन्द्रमा घुम्न नपाउने निर्देश

मोहन लामा, दार्जीलिङ, 11 मई।


उनीहरुले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनेछन्, तर मतदान केन्द्र वरिपरि घुमिरहन पाउने छैनन्| किनभने, उनीहरुले अन्य मतदाताहरुलाई असुविधामा पार्न सक्छन् भन्ने शङ्का गरिएको छ|


आगामी १४ मईको दिन हुने नगरपालिका चुनाउको समय दार्जीलिङ क्षेत्रका लगभग १०० जना मानिसहरु मतदान केन्द्रको छेउछाउमा घुमिरहन पाउने छैनन्| जसमा कतिपय यस नगरपालिका चुनाउका मतदाताहरु पनि छन्|

आज दार्जीलिङका एक्जीक्यूटिव म्याजिस्ट्रेट सुबर्त चक्रवर्तीले एक आदेश जारी गर्दै सीआरपीसीको धारा १०७ अन्तर्गत पक्रा परिसकेका आरोपीहरुलाई आगामी १४ मई मतदानको दिन बिहान ७ बजीदेखि साँझ ६ बजीसम्म (मतदान प्रक्रिया पूर्ण नभएसम्म) मतदान केन्द्र परिसर वरिपरि घुमघाम गर्न सक्ने छैनन्|

यसका साथै उनले मतदानको अवधि यी आरोपीहरुलाई शान्ति बनाइराख्ने अनि असल व्यवहार देखाउने पनि निर्देश दिइएको छ| जसमा गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्व महासचिव एवं बदमताम चियाबगान निवासी प्रियवर्द्धन राई, अमृत योञ्जन, तिलक छेत्री, रिवा लामा, रिगेन लामा, धर्मेन्द्र पोद्दारलगायत अन्य छन्|

म्याजिस्ट्रेटद्वारा जारी गरिएको यस सूचीमा भनिएको छ-यी आरोपीहरुलाई दार्जीलिङ सदर थानाले विभिन्न मुद्दामा १०७ धाराअन्तर्गत पक्राउ गरेको थियो| यसैले मतदानको समय कुनै पनि अप्रिय घट्ना हुन नदिन, शान्ति श्रृङ्खला बनाइराख्नको लागिनै यस्तो आदेश जारी गरिएको हो| तब के यस सूचीमा नाम भएका मतदाताहरुले मतदान गर्ने मौलिक अधिकारको प्रयोग गर्न पाउने छैनन्? भन्ने प्रश्‍न गर्दा दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तले भनिन्-उनीहरुले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनेछन्, तर मतदान केन्द्र वरिपरि घुमिरहन पाउने छैनन्| किनभने, उनीहरुले अन्य मतदाताहरुलाई असुविधामा पार्न सक्छन् भन्ने शङ्का गरिएको छ|

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन