परिचय पत्र संसोधनको हियरिङ

सजन शर्मा /सुके-पोख्रेबुङ 14 मई।


जोरबङ्लो सुकेपोखरी खण्डको विभिन्न ग्राम पञ्चायतमा मतदाता परिचय पत्र संसोधनको हियरिङ भइरहेको छ। यसै क्रममा पोख्रेबुङ ग्राम पञ्चायत तीनमा खण्ड विकाश कार्यलयबाट आएका इलेक्सन ओसी याङजी भोटिया,मस्त्य बिभागीय अधिकारी प्रतिष्ठा योञ्जन,ग्राम सेविका सङ्गीता तामाङ,एसएचजी बिभागीय अधिकारी रश्मी प्रसाद आदिले बिएलओहरू तथा पञ्चायत सचिव एमके प्रधान एवं पञ्चायत कर्मचारीको उपस्थितिमा नागरी फार्म, धजे चियाबारी,धजे बस्ती अनि मगरजोङ चियाबारीका मतदाताहरूको हियरिङ गरे ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares