३३ लाख लागतको पिउने पानी परियोजनाको शिलान्यास

खरसाङ ,१४ मई


खरसाङ महकुमाको तीनधारे महानदी समष्टी अन्तर्गत घैयाबारीको कालीमाटीमा आज पीएचई मार्फत ३३ लाख खर्चमा पिउने पानी परियोजनाको शिलान्यास गरिएको छ। केही दिन अघि स्थानीय जनताको विभिन्न समस्याहरू सुन्दै घैयाबारीस्थित कालीमाटी पुगेका जीटीए बोर्ड अफ् एडमिनिष्ट्रेसनका  उपाध्यक्ष अनित थापाले यहाँ स्थानीय जनताको समस्याहरू सुन्दै पिउने पानीको व्यवस्था गरिदिने वचन दिएका थिए।

त्यसको आधारमा आज कालीमाटीमा पिउने पानीको परियोजनाको शिलान्यास गोजमुमो घैयाबारी खण्ड समितिको सभापति मणिकुमार छेत्रीले नरिवल फुटाएर गरेका छन्। गिद्धे पहाडको चित्रेमुनि रहेको बुक्का खोलाको पानीको स्रोतबाट ल्याएको उक्त पिउने पानीको व्यवस्था गर्न आज शिलान्यास गरिएको छ भने यसको काम पनि चाँढै हुने भएको छ।

घैयाबारीस्थित कालीमाटीमा स्थानीय मानिसहरूले वर्षौदेखि पानीको समस्यासित जुझिरहेका थिए त्यसैले अनित थापा त्यहाँ पुग्दा मानिसहरूले पानीको समस्या समाधान गरिदिने माग गर्दा सोमबारदेखि नै काम शुरु गरिदिने वचन दिएका थिए। आज शिलान्यास गरिएको छ भने भोलिदेखि नै यस पिउने पानी परियोजनाको काम शुरु गरिने जानकारी प्राप्त भएको छ।

यसरी पानीको समस्या समाधान गर्न ३३ लाख खर्चमा परियोजना शुरु गरिदिएकोमा स्थानीय मानिसहरूले अनित थापालाई धन्यवाद पनि दिएका छन्। आजको यस शिलान्यास कार्यमा गोजमुमो घैयाबारी खण्ड समितिको पदाधिकारीहरु विशेष रुपमा उपस्थित थिए। यस‌ कार्यमा युवा मोर्चा घैयाबारी खण्ड समितिको सभापति राजु छेत्री लगायत अन्य उपस्थित थिए भनी घैयाबारीबाट बिपन विश्वले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares