चालकलाई कुट्नेहरूलाई पक्राउ गर्ने मागमा दार्जीलिङ ट्रक चालक एसोसिएशनद्वारा खरसाङमा ऱ्याली र ज्ञापन

खरसाङ ,१४ मई


दार्जीलिङ ट्रक चालक एसोसिएशनको तर्फबाट सोमबार खरसाङमा ऱ्याली निकाल्दै ट्रक चालकलाई कुटपिट गर्ने आरोपीहरु पक्राउ गर्ने माग गर्दै खरसाङ थानामा ज्ञापन पत्र पनि बुझाएका छन्। शुक्रबार बेलुकी ४.३० बजेतिर दार्जीलिङ ट्रक चालक एसोसिएशनको एक सदस्यलाई खरसाङमा नानीलाई लागेको भन्दै चालकसित कुटपिट गरिएको घटनाको विरोध गर्दै एसोसिएशनको तर्फबाट सोमबार बिहान बजारमा ठूलो ऱ्याली निकालिएको छ।

उक्त ऱ्याली यहाँको तेञ्जिक नोर्गे बस बिसौनीबाट शुरु भएर बजार परिक्रमा गरी खरसाङ पुलिस थानासम्म गरिएको थियो भने थानामा खरसाङ थानाको आईसीलाई ज्ञापन बुझाएका छन्। उक्त ज्ञापनमा एसोसिएशनको तर्फबाट चालकलाई कुटपिट गर्ने १०-१२ जना आरोपीहरु पक्राउ गरी सजाय दिनुपर्ने माग गरेका छन्। गत शुक्रबार खरसाङमा कुटपिट गरिएको चालक अमीत तामाङ हालमा सोनादा अस्पतालमा उपचाराधीन अवस्थामा नै रहेका छन्।

उनी चिमनी निवासी भएपनि सोनादा शाखाको सदस्य भएको कारण आजको ऱ्याली पनि सोनादा शाखाको तर्फबाट आयोजना गरिएको थियो। यस विषयमा बोल्दै दार्जीलिङ ट्रक चालक एसोसिएशन सोनादा शाखाको सभापति बिनय तामाङले बताए अनुसार शुक्रबार बेलुकी ४.३० तिर खरसाङमा  अमीत तामाङलाई कुटपिट गरेकोले राती ८ बजेतिर नै खरसाङ थानामा एफआईआर गरेको भए पनि दोषीहरु पक्राउ नपरेको कारण आज खरसाङमा रैली आयोजना गर्नु परेको बताए।

” जबसम्म पुलिसले आरोपीहरु पक्राउ गरी सजाय दिदैन तबसम्म हामी ट्रक चलाएपनि माल‌ अनलोड नगर्ने अनि ट्रकहरू बन्द होइन तर हामी हाम्रो चालकहरुलाई पूर्ण सुरक्षा प्रदान नगरे हामी ट्रक नचलाउने भएका छौं,” उनले अझ थपे – ” हामीले गाडी बन्द गरेका होइनौं तर हामीले लगातार रुपमा जनताको सेवा गर्दै विभिन्न प्रकारका सामानहरु ओसार प्रसारमा सहयोग गरिरहेका छौं तर पनि हाम्रो सुरक्षा छैन। त्यसैले हाम्रो सुरक्षा जबसम्म हुँदैन तबसम्म हामी ट्रक नचलाउने भएका हौॆ।”

सोनादा शाखाको सभापति बिनय तामाङले अझ बताए अनुसार पुलिसको तर्फबाट हामीलाई खरसाङ महकुमा अधिकारीसित आगामी बुधबार सभा गर्न बोलाइएको छ। उक्त सभामा कुरा मिले मात्रै ट्रकहरु चल्ने छ । भोलि मङ्गलबार भने ट्रकहरु नचलाउने भएको पनि उनले बताए। । सभापति बिनय तामाङले एसोसिएशनको तर्फबाट एनएच ५५ क्षेत्रमा गाडी पार्किङ गर्ने स्थान नदिनु पर्ने बताउँदै हामीलाई पनि गाडी चलाउन धेरै असुविधा भइरहेको पनि बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares