लोवर बोङ्बस्तीमा हातेतान प्रशिक्षण केन्द्रको उद्घाटन : महिलाहरूको आर्थिक उन्मुलन हाम्रो प्रमुख उद्देश्य हो -सुवास एम सिंह

कालेबुङ, 14 मई


यहाँको लोवर बोङ्बस्ती गैरीगाउँमा आज हातेतान प्रशिक्षण केन्द्रको उद्घाटन गरियो। सामाजिक संस्था मणि ट्रस्टको इम्प्लोइमेन्ट अप्परच्युनिटी फर् लाइभलिहुड सस्टेनिबिलिटी पहल अन्तर्गत पश्चिम बङ्गाल खादी अनि भिलेज इण्डस्ट्की बोर्डको सहयोगमा प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको हो।

विशेष गरी महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले ट्रस्टले दार्जीलिङ पहाडका विभिन्न क्षेत्रहरूमा कालेबुङ क्राफ्ट ट्रेनिङ सेन्टरहरू सञ्चालन गर्दै आइरहेको छ। यस्तैमा आज लोवर बोङ्बस्तीमा आयोजित कार्यक्रममाझ सामाजिक कार्यकर्ता ज्योति कार्कीको बाहुलीबाट यस 17 औँ प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको हो।

यस अवसरमा मणि ट्रस्टका चियरमेन सुवास एम सिंह, कालेबुङ सचेत मञ्चका सल्लाहकार भुवन पी. खनाल, प्रोजेक्ट अफिसर पासाङ शेर्पा, प्रशिक्षक सुनन्दा लेप्चा, एसिस्टेन्ट प्रोजेक्ट अफिसर सागर थापा, फिल्ड अफिसर शिशिर शेर्मा, जलकल्याण ट्रस्टका प्रतिनिधिहरू आदिको विशेष उपस्थिति थियो।

यस अवसरमा ट्रस्टका संस्थापक सुवास एम. सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले ट्रस्टले प्रशिक्षण केन्द्रहरू सञ्चालन गरिरहेको बताए।

‘विशेष गरी ग्रामीण स्तरमा अवसरहरूको कमि छ, आर्थिक समस्या छ’-सुवास एम. सिंहले भने, ‘यसैले गाउँका महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले हामीले गाउँबस्तीमा हातेतान प्रशिक्षण केन्द्रहरू सञ्चालन गर्दै आइरहेका छौँ।’

उनले महिलाहरूको आर्थिक उन्मुलनको उद्देश्य राखेर 2015 देखि नै ट्रस्टले काम गरिरहेको बताउँदै घरमा बसिरहेका महिलाहरूलाई स्वनिर्भर बन्नमा यस्तै प्रशिक्षणद्वारा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महिलाहरूलाई तीन महिलासम्म प्रशिक्षण दिएपछि पोस्ट ट्रेनिङको पनि व्यवस्था गरेर गाउँमै उत्पादन केन्द्र निर्माण गरी उत्पादित सामाग्रीहरूको बजार व्यवस्थापन गरिने पनि सिंहले बताए।

अर्कोतिर, मुख्य अतिथिका रूपमा उपस्थित ज्योति कार्कीले मणि ट्रस्टले महिलाहरूलाई स्वनिर्भर बन्ने अवसर दिएको भन्दै यस अवसरको ठिकसित लाभ उठाउनुपर्ने आह्वान गरिन्। उनेले गाउँ-बस्तीमा बेरोजगारी समस्या दिनोदिन बढिरहेका कारण मणि ट्रस्टको पहलको कारण धेरै हदसम्म बेरोजगारी समस्या समाधान गर्नमा सहयोग पुग्ने पनि बताइन्।

यसरी नै विशिष्ट अतिथिका रूपमा उपस्थित भुवन पी. खनालले क्षेत्रमा उत्पादन केन्द्र बनाउन आफूहरूले जमीन उपलब्ध गराइदिने वचन दिँदै क्षेत्रवासीले प्रशिक्षण केन्द्र अनि उत्पादन केन्द्र सञ्चानलाई अवसरका रूपमा लिएर काम गर्न आह्वान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares