नोकडाँडामा हिमालयन बायो अर्ग्यानिक सोसाइटीको जागरूकता कार्यक्रम

कालेबुङ, 14 मई


हिमालयन बोयो अर्गेनिक सोसाइटीद्वारा नोकडाँडामा स्थानीय गाउँलेहरूलाई लिएर विभिन्न विकासमूल कार्यहरू सम्बन्धी एउटा जागरूक कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा कालेबुङ साइन्स सेन्टरबाट डा. बीबी गुरुङ एवं गान्तोक इण्टरनेसनल पेनेसिया लिमिटेडबाट छिरिङ तामाङ स्रोत वक्ताका रूपमा उपस्थित थिए।

नोकडाँडामा ग्रामीण पर्यटनसितै अन्य विकासका सम्भावनाहरूमाथि जागरूक गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्रोत व्यक्तिका रूपमा उपस्थित पेमा तामाङले विभिन्न विकासमूलक कार्यक्रहरू विषय जानकारी गराउँदै नोकडाँडा क्षेत्रमा विकासमा सम्भावनाहरू धेरै रहेको भएपनि आजसम्म पछि परिरहेको बताए।

उनले नोकडाँडा प्राकृतिक रूपमा अन्यन्त सुन्दर रहेको कारण आर्थिक स्रोतहरू बढाएर लान सकिने भन्दै ग्रामीण पर्यटनलाई विकसित गर्न जोड दिए। उनले आफ्नो सम्बोधनमा क्षेत्रका विकासका निम्ति सरकारी निकायहरूसित मात्र भर नपरेर अन्य विभिन्न गैरसरकारी निकायहरूमार्फत राज्य अनि केन्द्रका योजनाहरू ल्याउन सकिने बताए।

यसरी नै अर्का वक्ता डा. बीबी गुरुङले नोकडाँडा उसै पनि सुन्दर रहेको बताउँदै नोकडाँडालाई अझ सुन्दर बनाउन स्थानीयहरूले पहल गर्न आह्वान गरे। उनले होमस्टे एवं ग्रामीण पर्यटनका सम्भावनाहरूमाथि बोल्दै नोकडाँडाले आफ्नो अलग्गै पहिचान बनाउन सुझाउ राखे।

यसरी नै हिमालयन बायो अर्गेनिक सोसाइटीका मुख्य सञ्चालक महेन्द्र छेत्रीले उक्त कार्यक्रम नोकडाँडाका खटिखाने कृषकहरूका निम्ति राखिएको बताए। उनले यस क्षेत्रमा विकासका सम्भावनाहरू प्रशस्त रहेको बताउँदै क्षेत्रमा होमस्टे, यहाँको कला अनि संस्कृतिको संरक्षण र सम्बर्द्धन, जविक कृषि पद्धति, जवैक प्रमाणीकरण आदिका निम्ति सोसाइटीले काम गर्ने बताए। उनेल अहिलेघरि क्षेत्रमा रोगको कारण ठूलो अलैँची नष्ट भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसका निम्ति सम्बन्धित निकायहरूलाई पनि सोसाइटीले जानकारी गराएको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares