कालेबुङमा आईसीएसई अनि आईएससीको परीक्षाफल सत प्रतिशत

कालेबुङ, 14 मई


कालेबुङमा यसपल्ट आईसीएसई एवं आईएससीको परिणाम सत प्रतिशत रह्यो। विशेष गरी गोर्खाल्याण्ड आन्दोलन अवधि तीन महिना पहाड बन्द हुँदा शिक्षामा धेरै प्रभाव पारेपनि अन्तत 10औँ अनि 12 औँ श्रेणीको परीक्षाफल सत प्रतिशत रहेपछि विद्यार्थी, अविभावक अनि स्कूलपक्षले राहतको श्वास फेरेको छ।

प्राप्त जानकारी अनुसार कालेबुङमा रहेका 13 वटा आईसीएसई स्कूलहूरूमध्ये यहाँको इस्ट मेन रोडमा अवस्थित पारामाउन्ट स्कूलकी छात्रा तोर्सा हरले सर्वोकृष्ट 94.2 प्रतिशत अङ्क हासिल गरेर कालेबुङ जिल्ला टप्पर बनेकी छन्।

यसरी नै सन्त अगस्टिन स्कूलका प्रणव प्रधानले 93.6 प्रतिशत अङ्क हासिल गरेर दोस्रो स्थान ओगट्न सफल बनेका छन् भने क्रमैले रकभेल एकाडेमीको समीर श्रेष्ठ अनि सन्त स्टेफन्स एकाडेमी छुजेन दोर्जीले 93.2 प्रतिशत अङ्क हासिल गरेर तेस्रो स्थान ओगट्न सफल बनेका छन्।

आईसीएसईको परीणाम

कालेबुङ टप्पर-तोर्सा हर (94.2%)। पामामाउन्ट स्कूल

दोस्रो– प्रणव प्रधान(93.6%) सन्त अगस्टिन स्कूल

तेस्रो– समीर श्रेष्ठ (रकभेल एकाडेमी) अनि छुडेन दोर्जी(सन्त स्टेफन्स एकाडेमी, कफेर) 93.2 %

 

आईएससीको परीणाम

कालेबुङ टप्पर(विज्ञान विभाग): अभय बन्सल(96%), डा. ग्राह्मस होम्स स्कूल

कालेबुङ टप्पर(वाणिज्य विभाग): दिपेश अग्रवाल(92%),डा. ग्राह्म्स होम्स स्कूल।

कालेबुङ टप्पर(कला विभाग): साङडोमा शेर्पा (96.75%) सन्त जोसेफ कन्भेन्ट

यसरी नै कालेबुङका सन्त अगस्टिन स्कूलका देवाशिश राईले 92.2 प्रतिशत एवं सन्त जोसेफ कन्भेन्टकी एक छात्राले 92.8 प्रतिशत अङ्क हासिल गरेर जिल्लीको शीर्ष-5 मा आफ्नो स्थान बनाएकी छन्।

यसरी नै आईएससीमा डा. ग्राह्म्स होम्स स्कूलबाट विज्ञान विभागमा अभय बन्सलले 96 एवं कमर्समा यसै स्कूलबाट दीपेश अग्रवालले कमर्समा 92 प्रतिशत अङ्क हासिल गरेर टप गरेका छन्।

यसरी नै कला विभागमा सन्त जोसेफ कन्भेन्टकी साङडोमा शेर्पाले 96.75 प्रतिशत अङ्क हासिल गरेर जिल्ला टप्पर बनेकी छन्। यसपल्ट आन्दोलनले शिक्षालाई धेरै प्रभावित पारेको भए पनि आईसीएई अनि आएससीको परीक्षा सत प्रतिशत भएको कारण सबैको राहत अनुभव गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares