सुरूकको प्राइमेरी स्कुलदेखि सुनुवार गाँउसम्मको बाटोको शिलान्यास

जलढका, 14 मई


आज 45 नम्बर समष्टिको सबै भन्दा दुर्गम ठाँउ मानिने सुरूकको प्राइमेरी स्कुलदेखि सुनुवार गाँउसम्म केईडीबाट 43,48,192 रूपियाँको लागतमा बनिन गईरहेको १•५ कि० मि० बाटोको शिलन्यास गरिएको छ।  गोजमुमो काालेबुङ जिल्ला समिति अध्यक्ष  एवं  जिटिए बी० ओ० ए० कार्यकारिणी सदस्य  सञ्चबीर सुब्बाले बाटोको शिलान्यास गरे।

शिलान्यासपछि पथसभा पनि गरियो। त्यसको लगत्तैपछि समष्टि कमिटी, एक्ज्युकेटिभ सदस्यहरूसित पनि एउटा सभा बस्यो । सभामा ४५ न० समष्टि सभापति शशी गुरूङ, समष्टि सचिव छुन्दा शेर्पा, समष्टि साङ्गठनिक सचिव बिमल तामाङ, प्रचार प्रसार सचिव दिवाकर सार्की, कालेबुङ जिल्ला समिति सह सचिव मिङमर दोर्जे लामा आदिको उपस्थिति थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares