हिल तृणमूल कङ्ग्रेस जोरबङ्गलो सुकेपोखरी खण्डको सभा

सजन शर्मा, सुके-पोख्रेबुङ, १५ मई


हिल तृणमूल काङ्ग्रेस जोरबङलो सुकेपोखरी खण्डअन्तर्गत नागरी फार्म, मगरजोङ, एभनग्रोभ, धजे शाखालाई लिएर एउटा सभा नागरी फार्म सार्वजनिक भवनमा सम्पन्न भयो। पार्टी खण्ड संयोजक एसके राईको अध्यक्षतामा एलबी मुखिया र डीके थापाले सञ्चालन गरेको सभाको पहिलो चरणमा चुनाउ प्रक्रियाबाट नागरी धजे समष्टि गठन गरियो। नवगठित समिति अध्यक्ष डीके थापा, उपाध्यक्ष बुद्धछिरिङ लेप्चा, सचिव किशन प्रधान, सहसचिव महेन्द्र राई, कोषाध्यक्ष मुन्नाप्रसाद गुप्त, पाँचजना प्रमुख सल्लाहकार तथा दशजना कार्यकारी सदस्य चयन गरिएको छ।

पोख्रेबुङ चामोङ समष्टिका अजय गुप्ता, दिनेश राई, दावा शेर्पा आदिको आतिथ्यमा आयोजित सभाको दोस्रो चरणमा पोख्रेबुङ ग्राम पञ्चायत तीन कार्यकारी समिति गठन गरियो। जसमा अध्यक्ष गजेन जोशी, उपाध्यक्ष बिराज सुब्बा, सचिव इन्द्रप्रसाद शर्मा, सहसचिव सूरज थापा, कोषाध्यक्ष ध्रूव तामाङ, चारजना सल्लाहकार तथा आठजना कार्यकारी सदस्य चयन गरिएको छ। सभालाई सम्बोधन गर्दै अजय गुप्ता, एसके राई तथा किशन प्रधानले पार्टीको औचित्य र रणनीतिबारे प्रकाश पारेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares