खरसाङको रेलवे प्रिन्टिङ प्रेस बन्द गर्ने निर्णयको विरोधमा रेलवे युनियनहरूद्वारा ऱ्याली

खरसाङ, १५ मई।


खरसाङमा रहेको रेलवे प्रिन्टिङ प्रेस बन्द गर्ने रेलवेको निर्णयको विरोध गर्दै आज रेलवे युनियनहरूद्वारा खरसाङमा ऱ्याली निकालिएको छ। रेलवे विभागको तर्फबाट फरवरी महीनामा नै खरसाङ रेलवे प्रिन्टिङ प्रेस बन्द गरिने छ भनी अधिसूचना जारी गरिएको भन्दै यसलाई यथावत राख्ने मागमा ऱ्याली गरिएको छ।

एनएफ रेलवे मजदुर युनियन, इम्प्लोइज युनियन, एसटीएससी र पेन्सनर्स एसोसिएशनको तर्फबाट उक्त ऱ्याली आयोजना गरिएको छ। उक्त ऱ्याली खरसाङको रेलवे स्टेशनबाट शुरू भएर शहर परिक्रमा गरी फेरि रेलवे स्टेशन परिसरमा नै आएर समाप्त भएको छ। ऱ्यालीपछि पत्रकारहरूलाई सम्बोधन गर्दै इम्प्लोइज युनियन खरसाङ शाखाको सचिव विशाल मुखियाले खरसाङको यो प्रिन्टिङ प्रेस ऐतिहासिक धरोहर हो भन्दै यहाँ २१५ वटा स-साना पोष्टहरू थियो अनि वर्तमान समयमा पनि १०८ जना कर्मचारीहरू कार्यरत रहेको बताउँदै रेलवे विभागको तर्फबाट फरवरी महीनामा नै यो प्रिन्टिङ प्रेस बन्द गर्ने र यसको लागि ६ महीनाको समय सीमा तोकिएको थियो। तर यो प्रिन्टिङ प्रेस बन्द भए स्थानीय रुपमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आर्थिक रुपमा असर पर्ने पनि बताएका छन्।

उनले यस कुरालाई आफूहरूले विरोध गरिरहेको र यसको विरोध स्थानीय जनताको तर्फबाट पनि होस भन्दै जागरूक गराउन आज खरसाङमा ऱ्याली आयोजना गरिएको हो भनी बताएका छन्। उनले यस प्रिन्टिङ प्रेस बन्द राख्ने कुरालाई  विरोध गर्दै भविष्यमा अनशन पनि बस्न तयार रहेको पनि बताए। केही समय अघि रेलवे बोर्डको चेयरम्यान दार्जीलिङ खरसाङ भ्रमणमा आएको समय पनि यस प्रिन्टिङ प्रेस बन्द नगर्ने मागमा ज्ञापन पत्र दिइएको थियो। आजको ऱ्यालीमा एनएफ रेलवे एसटीएससी सेल खरसाङको सचिव रमेश रसाइलीले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै यस प्रिन्टिङ प्रेसलाई यथावत राख्नु पर्ने र यसको महत्त्व धेरै रहेको अनि यो बन्द गरिए स्थानीय रूपमा धेरै नोक्सान हुने पनि बताएका छन्। यस ऱ्यालीमा एनएफ रेलवे मजदुर युनियन खरसाङ शाखाको सचिव प्रकाश प्रधान पनि उपस्थित थिए

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares