सिक्किमको सफाई कर्मचारीको अवस्था देशकै निम्ति उदाहारण: अध्यक्ष जाला

गान्तोक, 15 मई।


सिक्किमको सफाई कर्मचारीहरूको अवस्था देशको अन्य राज्यहरूको तुलनामा राम्रो रहेको आफ्नो निरीक्षणमा थाहा लागेको राष्ट्रिय सफाई कर्मचारी आयोगका अध्यक्ष मनहार भालजीभाई जालाले मन्तव्य व्यक्त गरेका छन्। सिक्किम भ्रमणमा आएका जालाले गान्तोक नगर निगममा कार्यरत रहेका 169 जना सफाई कर्मचारीहरूको मुखारवृन्दबाट गुनासोको साटो आफूहरूले पाइरहेको सुविधाको बारेमा सुन्न पाएको बताए।

निगमको सम्मेलन कक्षमा मेयर शक्तिसिंह चौधरीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जालाले सिक्किममा सफाई कर्मचारी विषयमा छुट्टै धारणा र आधुनिक समाज सुहाउॅंदो अवस्था रहेकोमा खुशी व्यक्त गरे। उनले भने, अझै पनि देशमा विशेष समुदायलाई मात्र सफाई कर्मचारीको रूपमा हेर्ने गरिन्छ, तर सिक्किममा कुनै जात पात बिना सफाई कर्मचारीहरूले आफ्नो सेवालाई रोजगारको रूपमा मात्र लिएर काम गरिरहेको देख्न पाएॅं जो देशकै निम्ति गौरवको विषय हो।

उनले देशको निम्ति सिक्किमले अझै धेरै महत्वपूर्ण सन्देश दिन सकुन् भन्ने आसय व्यक्त गर्दै अझै सफाई कर्मचारीहरूको निम्ति आवश्यक बीमाहरू केन्द्र सरकारले निर्धारित गरेकोलाई कार्यान्वयन गराइ हाल्ने मेयरलाई सुझाउ दिए। यसका साथै प्रधानमन्त्री आवास योजना अन्तर्गत घर विहिन सफाई कर्मचारीहरू रहेको खण्डमा उनीहरूलाई आवास उपलब्ध गराउनुपर्ने सुझाउ राखे।

निगमको अधिनमा रहेका 16 जना स्थायी कर्मचारी रहेको छ भने रहल कर्मचारीलाई राज्य सरकारको नियम अनुसार पॉंच वर्षभन्दा अधिक सेवाकाल रहेकाहरूलाई स्थायी गर्ने पहल शुरू गरिसकेको मेयर चौधरीले जानकारी दिए। अध्यक्ष जालाले पूर्व जिल्लाका जिल्लापालसित पनि बैठक गर्नेछन् भने मुख्य सचिवसित पनि बैठक गर्ने कार्यक्रम रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares