एसकेएमले रोज्यो गठनबन्धनको बाटो

गान्तोक, 15 मई।


सिक्किममा पाँचौ पल्टसम्म लगातार सरकार गठन गरेर एकक्षत्र शासन गरिरहेको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) लाई चुनौति दिन विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले आगामी विधानसभा चुनाउमा सबै विपक्षी दललाई एकजुट गराएर गठनबन्धन तयार पार्ने दिशामा आफ्नो अहम भूमिका निर्वाह गर्ने निर्णयमा पुगेको छ।एसकेएम प्रवक्ता ज्याकब खालिङले आज पत्रकार सम्मेलनमा भने, हामी राज्यको सबैभन्दा ठूलो विपक्षी दल भएको नाताले गठनबन्धन तयार पार्ने दिशामा गरिने पहलको निम्ति आफ्नो तर्फबाट पूर्ण योगदान दिने बताए।

दुइजना विधायकसमेत रहेको एसकेएम पार्टी सधैँ राज्यमा असल परिवर्तनको पक्षमा रहेको बताउँदै प्रवक्ता खालिङले भने, जब गठबन्धनको प्रश्न आउँछ हामी खुल्ला छौं अनि हामी जसरी खुल्ला र इमान्दार छौ त्यसै गरि अन्य राजनैतिक दल र संगठनहरू पनि प्रतिबद्ध रहेको खण्डमा आपसमा आउजाउ गर्न कुनै असुविधा नरहेको बताए । अर्कोतिर प्रवक्ता खालिङले भने सत्तारूढ एसडीएफ पार्टी संसारकै सबैभन्दा तानाशाह र प्रजातन्त्रको मान्यता नबुझ्ने पार्टी भएको छ। जसको कारण एसडीएफका प्रवक्ता भीम दाहालले अचाहिँदो कुरा गरिरहेका छन्।

एसकेएमका विधायक सोनाम लामाले केन्द्र सरकारमा बुझाएको ज्ञापनहरूलाई गलत साबित गर्ने प्रयास गर्दै मन्तव्य जाहेर गरेका छन्। तर प्रजातन्त्रमा कुनै पनि जनप्रतिनिधिहरूले जनताको माग राख्ने संवैधानिक अधिकार छ तर दाहालले संविधान पढेका छैनन् यसकारण प्रजातन्त्र विरोधी कुरा गरिरहेका छन्। यसैगरि उनले कर्मापा मुद्दामा पनि एसडीएफले जनतालाई भ्रमित गरिरहेको आरोप लगाए। उनले भने 1997 मा कर्मापा उगेन थिन्लेलाई चीनको एजेन्ट भनेर चिट्ठी लेख्ने एसडीएफले अहिले हामीले कर्मापा ल्याउन सफल भएको बताउँदै जश लिने प्रयास गरिरहेको छ।

यसैगरि लिम्बू तामाङको आसन आरक्षण बारे पनि एसडीएफ प्रतिबद्ध नरहेको आरोप लगाए। जसको प्रमाणस्वरूप अहिलेसम्म विधानसभामा लिम्बू तामाङलाई आसन आरक्षण गरिनुपर्छ भनेर अहिलेसम्म कुनै प्रस्ताव नल्याउनुले पुष्टि गर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares