पुल बिजनबारी गैरीगाउँ प्राथमिक पाठशालाको शिलान्यास

बिजनबारी, 15 मई


जिटिएद्वारा अनुमोदित गैरीगाउँ प्राथमिक पाठशालाको शिलान्यास गरिएको छ। प्रकाश चन्द्र सुब्बाको सभापतित्व एवं समष्टि अध्यक्ष एसएम राईको प्रमुख पर्यवेक्षणमा सम्पन्न सभामा गोजमुमो समर्थक विद्यालयका शिक्षण कर्मचारी लगायत सर्वसाधारणको विशेष उपस्थिति थियो।

सभालाई सुरेश छेत्रीले विभिन्न विभिन्न थरिको प्रलोभन देखाएता पनि गैरीगाउँका करिब सत्तर अस्सि घर तटस्थ  एसएम राईको नेतृत्वमा भरोसा राख्दै गोजमुमो पार्टीलाई साथ दिइरहने प्रतिबद्धता जनाए।

विनय तामङको अवधारणा र प्रतिबद्धताले विस्तारै पाइला चाल्न थालेको, जीटिएको विकास कार्य सुचारु हुन थालेको बताए।  समष्टि सचिव दिपक तामङ,  एचटिपिए  सचिव पहलमान तामाङ, समष्टि सहसचिव राजेश सुब्बाले पनि सभालाई सम्बोधन गरे।

आजको सभामा सर्वसम्मतिद्वारा शाखा गठन गरियो जसमा सभापति भिम गुरुङ, उपसभापति भिम छेत्री, मूलसचिव  रवि राई, सहसचिव किशोर सुब्बा. दिल बहादुर भूजेल – खजान्ची लगायत एक्काइस जनाको कार्यकारी समिति गठन गरिएको छ।

गैरीगुँ प्राथमिक पाठशाला नव निर्माण कार्यको आधार शिला विधिवत समष्टि सभापति अनि सचिवले राखे भने विद्यालय निर्माणको निम्ति स्थानीय  भिम छेत्रीले जमिन  उपलब्ध गराएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares