जिटिए एक्जुकेटिभ इन्जिनियरकाे कार्यालय स्थापित

मनोहर शर्मा, मिरिक, 15 मई


गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इन्जिनियरिङ डिभिजन एक्जुकेटिभ इन्जिनियरकाे कार्यालय मिरिक माेटेलमा स्थापना गरिएकाे छ। कार्यालयकाे उद्धाटन जीटीए बीअाेए सदस्य एलबी राई अनि एक्जुकेटिभ इन्जिनियर पुरण प्रधानले अाज नरिवल फुटाएर गरे। यस अवसरमा एईहरू सीपी बान्तवा,सुरेश लामा,प्रशान्त प्रधान,नगर पार्षद निमारिदा भूटिया,विभागीय कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे।

मिरिक क्षेत्रमा विभाग मार्फत राम्राे कार्य गर्न र मिरिकबासीकाे सुविधालाई ध्यानमा राखेर कार्यालयकाे उद्घाटन गरिएकाे एक्जुकेटिभ इन्जिनियर पुरण प्रधानले जानकारी गराउँदै याे विभाग मार्फत,शिक्षा विभाग,स्वास्थ विभाग,फायर विभाग,एअारडी अनि बाटाे,पूल अादिकाे कार्य हुने बताए। तिनले कार्यालय उद्घाटनपछि यहाँ दैनिक एक्जुकेटिभ इन्जिनियर बस्ने जानकारी गराउँदै यही कार्यालयबाट विभिन्न कार्यकाे टेण्डर अनि वार्क अर्डर जारी हुने बताए।

तिनले कार्यालयलाई राम्रोसित सञ्चालन गर्ने अनुराेध कर्मचारीहरूसित गरे। यस अवसरमा बाेल्दै जीटीए बीअाेए सदस्य एलबी राईले मिरिकमा गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक डिभिजन एक्जुकेटिभ इन्जिनियरकाे कार्यालय स्थापना हुनु मिरिकबासीकाेलागि एउटा ठूलाे उपलब्धि रहेकाे बताउँदै कार्यालय स्थपनाले विभाग मार्फत हुने कार्य अबउसाे राम्राेसित सञ्चालन गर्न धेरै सुविधा हुने बताए। तिनले याे कार्यालय मिरिककाे सम्पत्ति रहेको भन्दै याे कार्यालयले मिरिकमा राम्राे कार्य गरेर उदाहरण बन्ने कुराेमा आफू धेरै अाशावादी रहेको बताए। तिनले मिरिकमा याे कार्यालय स्थपना गरिदिएकाेमा जीटीए मुख्य सचिव अनि जीटीएका उच्च पदाधिकारीहरूप्रति अाभार पनि प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares