कलाबाट जीवन धान्दै किशोर

सुके -पोख्रेबुङ, १६ मई।


पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म निवासी ७२ वर्षिय किशोर जोशी विगत ५५ वर्षदेखि आधुनिक एवं ढाँचागत परिपाटीमा काठको डिवान,शोकेश,बेड,फर्निचर लगायतका सामानहरू बनाउने पेशामा लागिपरेका छन् । विशेष उल्लेखित सर सामानहरूमा कुँदिएको कलाकृति नै तिनको लोकप्रियताको प्रमाण रहेको मान्नसकिन्छ । गाउँबस्तीबाट ल्याइएको काठहरूबाट बनाइएको सामानहरू दार्जीलिङ,मिरिक,सिक्किम आदि ठाउँहरूमा निर्यात हुने तिनको भनाइ छ । उमेरले पाको भएका उनी एकजना सहयोगी राखेको र प्रशिक्षणपछि यो पेशा सहयोगीलाई नै हस्तान्तरण गर्ने योजना रहेको तिनले थप बताएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares