सोनादा क्षेत्रमा तृणमूल काङ्ग्रेसलाई समर्थन गर्नेहरूको ओइरो

सञ्जिव मोहोरा, सोनादा १६ मई


‘किन घुमाएर नाक समाउनु सिधै समाइन्छ’ भन्दै सोनादा क्षेत्रका मानिसहरू तृणमूल काङ्ग्रेसमा जान थालेका छन्। खोङखोलास्थित हिल तृणमूल काङ्ग्रेस पार्टी कार्यालयमा सोनादा ,रङ्बुल, मुन्डा, सिडर्स, मार्गरेट्स होप, बालासन क्षेत्रीय समितिको एक जरूरी सभा प्रदीप सुब्बाको सभापतित्वमा सम्पन्न भयो।

सोनादा, रङ्बुल र चियाबारी क्षेत्रका बासिन्दाहरूको सुबिधालाई मध्यनजर राख्दै सुकिया खण्डलाई बिभाजन गरेर छुट्टै सोनादामा खण्ड बिकास कार्यालय स्थापना गर्नेबारे सभामा चर्चा भयो।  सोनादा क्षेत्र हिल टिएमसी सचिव कल्याण तामाङले सोनादा क्षेत्रमा तृणमुल काङ्ग्रेस शक्तिशाली राजनैतिक पार्टी भएको बताए। ‘अब यस पार्टीले जनसरोकार विषयहरूमा पनि पहल गर्नेछ।  क्षेत्रका मानिसहरूको माग रहेको छुट्टै खण्ड बिकास कार्यालय निर्माणमाथि झट्टै विभिन्न सम्बन्धित अधिकारीहरूलाई ज्ञापन चढाउनेछौं,’ उनले भने।

पार्टी कार्यलाई सहज बनाउन अनि जनसुबिधाको निम्ति पार्टीमा दुईजना संयोजक कुमार डुमजन र उर्मिला शेर्पालाई चयन गरियो छ। सभामा गोराबारी, मार्गरेट्स होप, बालासनको तर्फबाट माइनोरिटी बोर्डका उपाध्यक्षलाई लिएर क्षेत्र भ्रमण गराएर घरहरू निर्माण गर्ने प्रक्रिया सुरू गरिदिएकोमा बर्तमान कार्यकारी सभापति कुशल तामाङ र क्षेत्रिय  समितिका प्रतिनिधिहरूलाई सभामा आभार जनाइयो।

हिल एरिया  डिभेलपमेन्ट  कमिटी (एचएडि सि) योजना जिटिए मार्फत प्राप्त गर्न सकिने,  क्षेत्रिय बिकास समितिद्वारा प्राप्त गर्न सकिने ५ लाख भन्दा कम्तीका योजना प्रत्येक ग्राम पञ्चायत क्षेत्रमा  दुई -दुई वटा योजना गरी उपलब्ध गराउने अनि यसको निम्ति पार्टी कार्यलयमा क्षेत्रवासीले सम्पर्क गर्नु पर्ने बताइएको छ।

बिमलपन्थी एवं गोजमुमो शाखा अनि ट्रेड युनियनका गोर्खे राई ट्रेड  सचिव सतिस राई, मदन सेवा लगायत नारी मोर्चा सभानेत्री रनु मुखिया, कार्यालय सचिवा हिरा मोक्तान ,हिल कार्ट  रोडबाट सोनाम डोमा भुटिया, छिरिङ लमु भोटिया ,,आसा लामा, अमृता प्रधान, लमु शेर्पा ,सङ्गीता गुरूङ, लक्ष्मी तामाङ, बिनिता तामाङ र अमृता राइको नेतृत्वमा लगभग ८० जनाले गोजमुमो बिमल पन्थीबाट निस्किएर हिल तृणमुल पार्टीमा सामेल भइ एन.बि. खवासको बाहुलीबाट  झण्डा ग्रहण गरे।

सन्नी लोप्चनले सञ्चालन गरेको सभामा बबिन राई, हेम राई ,उर्मिला शेर्पाले पनि सभालाई सम्बोधन गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares