ट्रक चालकलाई कुटपिट गरेको घटनालाई केन्द्र गर्दै  पुलिस र ट्रक चालकमाझ सभा : बिहिबार बिहानदेखि ट्रकहरु चल्ने

खरसाङ, १६ मई


खरसाङमा केही दिन अघि ट्रक चालकमाथि कुटपिट गरिएको घटनालाई लिएर बुधबार पुलिस र दार्जिलिङ ट्रक चालक सङ्गठनमाझ सभा सम्पन्न भएको छ। यस सभामा पुलिसको पक्षमा खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्त, खरसाङ थानाको आईसी पारिजात सरकार र खरसाङ ट्राफिक प्रभारी धनञ्जय सरकार अनि दार्जीलिङ ट्रक चालक सङ्गठनको पक्षमा केन्द्रीय सभापति हरिप्रसाद प्रधान, महासचिव राजेन छेत्री लगायत १२ वटै शाखाका सभापति-सचिव एवं अन्य पदाधिकारीहरू उपस्थित थिए।

सभामा पुलिसको तर्फबाट घटनाको आरोपीहरु तीनजना पक्राउ गरिएको बताउँदै ट्रक चालकहरुको माग पूरा गरिएको बताइएको छ। सभामा छलफल भए पछि सोमबारदेखि बुधबारसम्म तीन दिनसम्म नचलाइएको ट्रकहरु बिहिबार बिहान ६ बजेदेखि चलाउने निर्णय लिएको छ। सभामा ट्रक चालकहरुको तर्फबाट राखिएको प्रस्ताव अनुसार बजार क्षेत्रमा दुर्घटनाको मुख्य कारण जताभाबी पार्किङ र मानिसहरूको भीड भएको भन्दै पुलिसको तर्फबाट बजारमा साना गाडीहरू र मोटर बाइकलाई पार्किङ स्थलमा मात्र पार्किङ गर्न दिने अनि पार्किङ व्यवस्था सठीक राख्ने पनि पुलिसले बताएको जानकारी दार्जीलिङ ट्रक चालक सङ्गठनको तीनधारे घैयाबारी शाखाको सभापति सुकराज बराईली, सचिव विधान राई र सह सचिव मन्ना तिखत्रीले दिएका छन्।

उल्लेख्य छ: गत ११ मई शुक्रबार बेलुकी ४.३० बजेतिर खरसाङमा ट्रक चालकमाथि कुटपिट गरिएको घटनालाई लिएर दार्जीलिङ ट्रक चालक सङ्गठनको तर्फबाट सोमबार खरसाङमा ऱ्याली  योजना गर्दै खरसाङ थानामा ज्ञापन पनि बुझाएका थिए। यसै आधारमा पुलिसको तर्फबाट ट्रक चालक सङ्गठनसित बुधबार सभा बोलाइएको थियो। उक्त सभामा तीनजना आरोपीहरु पक्राउ गरेको पुलिसको तर्फबाट जनाएपछि ट्रक चालक सङ्गठनको तर्फबाट बिहिबार बिहान ६ बजेदेखि ट्रकहरु चलाउने निर्णय लिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares