नेपाल टोलीलाई सतपालजी महाराजले गरे स्वागत : पर्यटनबारे छलफल

देहरादुन, 16 मई


नेपालका नेपाली र भारतको उत्तरखण्डमा रहने नेपालीभाषी गोर्खाहरूको सम्बन्धलाई प्रगाढ बनाउँदै सोसाइटी अफ टूर एण्ड ट्राभल अपरेटरस पर्यटन विभाग नेपाल सरकारको एक प्रतिनिधि टोलीलाई उत्तराखण्ड सरकारको विभागीय मन्त्री तथा सत्सङ सम्प्रदायका प्रेनता सतपालजी महाराज लगायत देहरादुनमा रहेका गोर्खाहरूले भव्यताका साथमा स्वागत गरेका छन्।

सप्ताहव्यापी उत्तराखण्ड  भ्रमणमा रहेका उक्त नेपाली टोलीले उत्तराखण्डका विभिन्न  पर्यटन क्षेत्रहरूको अवलोकन गरेपछि उनीहरूको प्रतिनिधि टोलीले पर्यटन विषयमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो।

देहरादुन  प्रेस क्लबमा भएको कार्यक्रममा प्रेस  क्लबका अध्यक्ष भूपेन्द्र कँडारी, भूतपूर्व अध्यक्ष नवीन थलेडी, सूर्य विक्रम शाही अध्यक्ष गोर्खा डेमोक्रेटिक फ्रन्ट पार्टी,  मीनु क्षेत्री ग्राम प्रधान,  टेकु थापा कोषाध्यक्ष वीर गोर्खा कल्याण समिति, पुरबा सिंह आरजे रेडियो घाम छाया लगायतका प्रतिनिधिहरूको उपस्तिथि थियो।

छलफलपछि नेपाल टोलीले  एक होटलमा  सतपालजी महाराजसित भेट्यो।  भेटघाटमा  नेपाल र उत्तराखण्डलाई पर्यटन क्षेत्रमा कसरी  जोड्ने र पर्यटकलाई कसरी दुवैतर्फ आकर्षित गर्ने भन्नेबारेमा चर्चा भयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares