अल्पसङ्ख्यकहरूलाई पहिलो प्राथमिकता

उमेश तामाङ, कालेबुङ 11 मई।


“हामीसित १२७ वटा नगरपालिका साथमा छ। हामीलाई एक-दुइवटा नगरपालिका हामीसित होस्-नहोस् हामीलाई त्यति फरक पर्दैन। तर फरक तपाईंहरूलाई पर्छ, यहाँको विकासलाई पर्छ।”
राज्यका नगर विकास मन्त्री फिरहाद हाकिमले आज उक्त मन्तव्य व्यक्त गरेका छन्।
अल इण्डिया माइनोरिटी अर्गनाइजेसनको आयोजनामा आज कालेबुङ टाउन हलमा ‘इलेक्सन कन्भेन्सन एण्ड वर्कर्स मीट’ कार्यक्रम आयोजना गरिएको थियो सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हाकिमले उक्त मन्तव्य व्यक्त गरेका हुन्। उनले यसै विषयमा बोल्दै अझ भने- “अरूको बोर्ड गठन भएको खण्डमा त्यतिबेला उनीहरूले सरकारले विकासको निम्ति पैसा दिएन भन्छ अनि हामी भन्छौं पैसा दिएको छौं तर यिनीहरूले विकास गरेनन्। यस्तो अवस्थामा जनताको निम्ति विकास कार्य हुन सक्दैन। तपाईंहरूको विकास अल्झेर बस्नेछ।”
राज्य सरकार अनि तृणमूल काङ्ग्रेस सम्पूर्ण राज्यसाथै पहाडको पनि विकास होस् भन्ने पक्षमा रहेको सबैलाई साथमा लिएर अघि बड्ने उद्देश्य राखेर कार्य गरिरहेको मन्त्री हाकिमले बताए।

तृणमूल काङ्ग्रेस अनि मुख्यमन्त्री ममता ब्यानर्जीले अल्पसंख्यकहरूको निम्ति कार्य गर्दै आइरहेको तथा अल्पसंख्यकहरूलाई पहिलो प्राथमिकता दिने गरेको दाबी पनि उनले आफ्नो सम्बोधनमा गरे।
पहाडका मानिसहरूलाई भाजपाले भावनात्मक कुरा गरेर अलग राख्ने कोशिस गरिरहेको आरोप लगाउँदै “पार्लियामेन्टमा मेजोरिटी बनाए पनि गोर्खाल्याण्डबारे भाजपाले कहिले बोल्दैन” भन्ने ठोकुवा पनि उनले गरे।
यसै अवसरमा मन्त्री हाकिमले टाउन हलदेखि डम्बर चोकसम्म तृणमूल प्रार्थीहरूको निम्ति मत खसाल्ने आग्रह गर्दै पैदल यात्रा पनि गरेका थिए। उनीसित यस अवधि तृणमूल काङ्ग्रेसका नेतृवर्ग साथै कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन