विकास कार्यमा पारदर्शिता अप्नाउनुपर्छ

सजन शर्मा, सुके-पोख्रेबुङ, १७ मई


गोर्खा जनमुक्ति मोर्चा नागरी फार्म शाखाको सभा मोडल इङ्गलिस सेकेण्डेरी स्कूलमा भयो । शाखा अध्यक्ष धिरजमणि लामाको अध्यक्षतामा सम्पन्न सभालाई सहसचिव पेमा वाङदी तामाङले सञ्चालन गरेका थिए।सभामा उपाध्यक्ष रूपेश लामाले मोर्चाले गर्दै आएको कार्यप्रणालीबारे प्रकाश पारे।अहिले प्रत्येक कार्य प्रशाखाको सहमतीबिना नहुने उल्लेख गर्दै सबै कामहरू सिस्टम्याटिक रूपले सञ्चालन हुँदै आएको बताए।

प्रमुख सल्लाहकार डीएन प्रधानले पार्गीगत साथै सम्पूर्ण विकाश कार्यमा पारदर्शिता अप्नाउनुपर्ने बताए। यसैबिच युवामोर्च शाखा समितिलाई बिघटन गरी दिवस राई र विनोद गुरूङलाई संयोजक चयन गरियो।संयोजकद्वयको तत्परतामा केही दिनभित्रै शाखा समिति गठन गरिने तय भयो । यसको साथै नारी मोर्चा समिति पुनर्गठनको दायित्व जलु प्रधान र सुष्मा थापालाई सुम्पिएको छ। युवा मोर्चानारी मोर्चा,पूर्व सैनिक सङ्गठन,श्रमिक सङ्गठन लगायत सम्पूर्ण १८ वटा प्रशाखा पदाधिकारी एवं समर्थकहरूको उपस्थितिमा सम्पन्न सभामा शाखा समितिमा नयाँ नाम र पद थप्ने काम भयो ।

जसमा सहसचिव पेमा तामाङलाई मूल सचिव बनाइयो। सहसचिव प्रसन्न थापा,साङ्गठनिक सचिव विकाश सुब्बा र शरण गिरीलाई चयन गरियो । सभाको अर्को चरणमा उजिरगाउँ प्रशाखाबाट गोरामुमो त्यागेर गोजमुमोमा सामेल भएका पीएम घिसिङलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो । सञ्चालनको क्रममा नव निर्वाचित मूलसचिव पेमा तामाङले शाखा अन्तर्गत रहेको सम्पूर्ण प्रशाखाको आधारभूत समस्या निदानको निम्ति मोर्चाले गर्दै आएको पहलबारे बताए। सभा अध्यक्ष धिरजमणि लामाले सबैलाई समेटेर पार्टीले आफ्नो कार्य प्रणाली अघी बढ़ाउने प्रतिवद्धता व्यक्त गरे

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया