गोरामुमो कार्यकर्ताको मृत्युशोकमा मिरिक बजारमा दुईघन्टा बन्द पालन

मिरिक, १७ मई।


गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अग्रपङ्क्तिका कार्यकर्ता   सन्तमणी राई उर्फ  ठूलो  भाई पञ्चतत्वमा बिलिन् भए। राईको आज अन्तिम दाहसंस्कार गरिएको छ । आज उनलाई श्रद्धाञ्जली अर्पण गर्न हजारौ पार्टी कार्यकर्ताहरू उनको शवयात्रामा भेला भएका थिए।मिरिक नगरपालिका वार्ड नम्बर सातमा जन्मिएका राईले गोरामुमोले छेडेको जङगी आन्दोलन ८६ देखि सक्रिय रूपमा एक जना योद्धा भएर खटेका थिए।

उनले गोरामुमो पार्टीको मूल मुद्दा गोर्खाल्याण्ड राज्यको निम्ति लडे। पार्टीको स्थापना कालदेखि जातिको अस्तित्व र चिन्हारीको खट्दै आउँदा उनको असामयिक निधन भयो।उनको निधनलाई पार्टीले एउटा धुरी खम्बा ढलेको महसुस गरेको छ, पार्टी केन्द्रीय सदस्य सचित गहतराजले भने। बिभिन्न इलाका दार्जीलिङ, खरसाङ, कालेबुङ तराई क्षेत्रबाट उनको शवयात्रामा भेला भएका थिए। उनको निधनमा शोक पालन गर्दै  मिरिक बजार बिहान दुई घण्टाको निम्ति बन्द भयो।

उनको आत्माले शान्ति पाउन भन्दै गोरामुमोले आज एउटा शोक सभाको आयोजना गरेको थियो।उनको पार्थिव शरीरलाई पार्टीको हरियो झण्डाले लपटिएको थियो।गोरामुमो नेता एनवी लिम्बू, आलोक गुरुङ लगायतले आज गोरामुमो शोकमा डुबेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया