सुके-पोख्रेबुङका समाचारहरू : वरियर अफ चर्च २०१८ सम्पन्न : आकांक्षा थापालाई सम्मान : सन्तमान राईलाई श्रद्धाञ्जली

सजन शर्मा/सुकेपोखरी, १९ मई


सुके खण्डको प्लुङदुङ बस्ती बिजुवा गाउँ स्थित यहोवा ईरे प्रार्थना चर्चमा वरियर अफ चर्च २०१८ सम्पन्न गरियो । स्थानिय तथा सङ्गलग क्षेत्रका यिवा युवतीलाई लिएर आयोजना गरिएको यस कार्यक्रमको उदेश्य कसरी परमेश्वरको राज्यमा युवा युवतीलाई डोहोऱ्याउनु रहेको थियो। सञ्जीव राईको स्वागत भाषणबाट शुरू भएको कार्यक्रममा बिजनबारीबाट आएका नर्बु राईले बाइबलमा उल्लिखित परमेश्वरको बचन प्रस्तुत गरे ।अन्तमा पास्टर शरण राईले परमेश्वरमा धन्यवाद प्रार्थना चढ़ाए भनी सरोज तामाङले बताए ।


सुके-पोख्रेबुङ: दार्जीलिङ पुलिसद्वारा आयोजित पहाड़ी प्रतिभाको चयन अन्तर्गत राइजिङ स्टारको टप टेन राउण्डमा पुग्न सफल बनेकी नागरी फार्म उच्चतर माध्यमिक विद्यालयको बाह्रौं श्रेणीमा अध्ययनरत विद्यार्थी आकांक्षा थापालाई विद्यालय शिक्षण अशिक्षण कर्मचारी,सञ्चालन समिति तथा विद्यार्थी वर्गले खदामाला अर्पण गरेर भव्य सम्मान जनाएको छ। सानै उमेरमा आफ्नो कला अनि दक्षताको उत्कृष्ट प्रस्तुतीबाट यत्तिको उपलब्धी हासिल गरेर थापाले छुट्टै किर्तिमान स्थापित गरेको प्रधानाध्यपक एसके छेत्रीले बताए । शिक्षक सम्मान समारोहको अवसरमा सम्पन्न उक्त कार्यक्रममा गायिका थापाले गीतहरू गाएकी थिइन् ।


सुके-पोख्रेबुङ: हिल तृणमूल काङ्ग्रेस नागरी धजे समष्टिले यहाँको सार्वजनिक भवनमा शोकसभा आयोजना गरेर हालै दिवङ्गत भएका सन्तमान राईलाई श्रद्धाञ्जली अर्पण गऱ्यो । डिके थापाको अध्यक्षतामा सचिव किशन प्रधानले सञ्चालन गरेको सभाबाट पार्टी अध्यक्ष साथै मिरिक नगरपालिका चेयरमेन एलबी राईका भाइ स्व सन्तमान राई (ठूलोभाइ)-को निधनमा गहिरो शोक प्रकट गर्दै सम्वेदना व्यक्त गरियो । गोरामुमो पार्टीका सक्रिय कार्यकर्ता रहेका स्व सन्तमानको व्यक्तित्वबारे प्रकाश पारिएको सभामा आत्माशान्तीको निम्ति मौन धारण गरियो । समष्टि अन्तर्गत नागरी फार्म,मगरजोङ,एभनग्रोभ तथा धजे चियाबारी र धजे बस्तीबाट आएका समर्थकहरूको बाक्लो उपस्थिति रहेको किशन प्रधानले जानकारी दिएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया