विज्ञानका विविध विषयमा दुई दिवसीय कार्यशाला

कालेबुङ, 12 मई।


हिमालयन साइन्स् सोसाइटी, कृषि सांस्कृति, युकेबी अनि कालेबुङ विज्ञान केन्द्रको संयुक्त आयोजनामा दुई दिवसीय अन्तराष्ट्रिय वैज्ञानिकहरूलाई लिएर विज्ञानका विविध विषयमा दुई दिवसीय सम्मेलन प्रारम्भ भयो| कालेबुङ विज्ञान केन्द्रमा आयोजित कार्यशालामा उत्तर बङ्गाल कृषि विश्‍वविद्यालयका उपकूलपति डा. चिरन्तन चट्टोपाध्य प्रमुख अतिथि रहेका थिए|

कार्यशाला प्रस्तुत गर्दै जापनका वैज्ञानिक डा. सुनिल कौलले आफूले गरिरहेको क्यान्सर रोग सम्न्धी प्रयोगलाई कार्यशाला मार्फत सचेतना गराए| कार्यक्रारे जानकारी गराउँदै कार्यक्रम अध्यक्ष बी. बी. गुरुङले अन्तराष्ट्रिय सम्मेलन प्रथम चोटि कालेबुङमा राखिएको बताए| विज्ञान विषयमाथि यहाँका जनताले पनि जान्न पाउन् भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको उनले बताए| कार्यशालालाई तक्निकी सुविधा मार्फत विविध देशमा अनलाइन पनि प्रस्तुत गरिरहेको उनले जानकारी गराए|

यसै गरी  विभिन्न देशबाट आएका विद्धानहरूले आफू गरिरहेको प्रयोगबारे कार्यशालामा प्रदर्शनी दिए| जापानका वैज्ञानिक डा. रेनु बारबा, डा. शङ्खर आचार्य, डा. गौत रोई, डा. सामूएल राई, डा. सुमित्र चक्रवती गरेर विभिन्न देशका २५० वैज्ञानिकहरू कार्यशालामा उपस्थित थिए|

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन