टर्जम मगर गाउँ बनाम भानुग्राम

सजन शर्मा, सुके-पोख्रेबुङ, २०मई।


समरीपानी ग्राम सुधार समिति पोख्रेबुङको तत्वाधानमा भेल्ली ओपन नगद राशी एवं ट्रफी फूटबल टुर्नामेण्ट आयोजना गरिएको छ।आज सम्पन्न यस टुर्नामेण्टको उद्घाटन म्याच टर्जम मगर गाउँ बनाम भानुग्राम माझ भयो । पीबी बराइलीको अध्यक्षतामा तथा पुलिस आउट पोस्ट प्रभारी एएसआई सञ्जय छेत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको अन्य अतिथिहरूमा पोख्रेबुङ ग्राम पञ्चायत तीनका ईए एमके प्रधान,समाजसेवी अरूण प्रधान,बीबी थापा आदिको विशेष उपस्थिति थियो । आयोजक समितिको पक्षबाट बोल्दै युवा जमातलाई सामाजिक विकृतिबाट टाड़ा राख्दै खेलकूदतर्फ अग्रसर गराउन यस टुर्नामेण्ट आयोजना गरिएको दिमन प्रधानले जानकारी दिएका छन् ।२६ वटा दलहरू टुर्नामेन्टमा सहभागी बनेका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया